३ सय ७५ जनालाई अपाङ्गता परिचय पत्र वितरण

धनकुटा,फागुन १० । धनकुटाको चौविसे गाउँपालीकाका ३ सय ७५ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । नया १ सय ३ जना र पुराना ९९ जना गरि जम्मा ३ सय ७५ जनालाई परिचय पत्र वितरण गरिएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगर, गाउँपालीका र करुणा फाउण्डशेनको त्रिपक्षीय साझेदारिमा संचालित अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तरगत गत फागुन १ गतेबाट गाउँपालीकाभित्रका ८ वटै वडाहरुमा शिविर सञ्चालन गरिएको थियो । जसमा “क” वर्गका १८ जनाले परिचयपत्र प्राप्त गरेका छन् ।

त्यस्तै “ख” बर्गका ७५ जना, “ग” बर्गका १ सय ३ जना तथा “घ” वर्गका ८० जना गरी २ सय ७६ जनाले अपाङ्गता परिचय पत्र प्राप्त गरका छन् भने पुराना “क” वर्गका २० जना, “ख” वर्गका ४७ जना, “ग” वर्गका १९ र “घ” वर्गको १३ जना गरी ९९ जनाले परिचयपत्र प्राप्त गरेको गाउँपालीकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖