समाजको विकृती विसंगती विरुद्ध तरुण शाक्ति परिचालित हुनु पर्ने
धनकुटा । अाफुहरु समाज रुपान्तरणमा क्रियाशिल भएको धनकुटा नगरपालिका विहिवारे हटियामा आयोजित तरुण भेलाका सहभागी यूवाहरुले वताएका छन ।
तरुण भेलाको उद्घाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले युवाहरु समाज रुपान्तरणको महत्वपूर्ण शक्ति भएको वताउनु भयो । त्यस्तै पार्टआीका केन्द्रिय अामन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ समाजको विकृती विसंगती विरुद्ध तरुण शाक्ति परिचालित हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राइ, जिल्ला सदस्य तथा वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,वडा नं. ५ का उपसभापति गोविन्द राई,नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष युवराज पराजुली,क्षेत्रिय अध्यक्ष तिलक महत लगायतले नेपाली कांग्रेसको मुख्य आधार स्तम्भको रुपमा रहेको तरुण युवाहरुले अव कांग्रेसलाई समेत रुपान्तरण गरी नया ढंगबाट अगाडी बढाउन अभियान संचालन गर्नु पर्नेमा जोड दिएका छन् ।
नेपाल तरुण दल धनकुटा नगरपालिका वडा नं. ५ का अध्यक्ष रत्नेश राईको अध्यक्षमा सम्पन्न भेलामा स्वागत मन्तव्य तरुण नेता विशाल लिम्बुले राख्नु भएको थियो ।
भेलाले नेपाल तरुण दल धनकुटा नगरपालिका वडा नं. ५ का अध्यक्षमा बेनु राई,उपाध्यक्ष द्धयमा दिपेश उदास र ओमा राई,सचिव सुमन राई ,सह-सचिवद्धयमा कौसिला राई ,सपना राई,कोषाध्यक्ष् मनोज राई र सदस्यहरमा सविन श्रेष्ठ,रुपशे वराईली,विकास थापा मगर,डेविट बुढाथोकी पवन लिम्बु लगायत रहनु ८३ जना रहेका छन् ।


