चन्दनबारी केन्द्रले चिज उत्पादन घटायो

रसुवा । चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ। कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत भएका कारण उत्पादनसमेत घटाइएको केन्द्रले जनाएको छ।

केन्द्र प्रमुख छत्रबहादुर तामाङका अनुसार गत वर्षको तुलनामा यस वर्षको उत्पादन ५० प्रतिशतले कमी गराइएको हो। गत वर्ष ११ हजार केजी चिज तथा चार हजार केजी मखन उत्पादन भएकामा यस वर्ष छ हजार ५०० केजी चिज एवं दुई हजार २०० केजी मखन मात्र उत्पादन गरिएको छ। उत्पादित चिज तथा मखन अधिकांश काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थानको केन्द्रीय भण्डारणमा पठाइसकिएको बताइन्छ।

पहिला–पहिला आम्दानी गर्ने कुनै स्रोत नहुँदा दूध बिक्रीबाट आम्दानी गराई ग्रामीण गरिबी न्यूनीकरणमा मद्दत पुर्याउने उद्देश्यले विसं २०२७ मा स्थापित चन्दनवारी चिज उत्पादन केन्द्रले दर्जनाैँ किसानलाई आयआर्जनमा टेवा पुर्याइरहेको रसुवाका वरिष्ठ समाजसेवी दावाफिन्जो तामाङले बताए। नेपालकै जेठो मानिएको विसं २००९ मा स्थापित लाङटाङस्थित क्याङ्जेन तथा पछिल्लो समय छ/सात वर्ष पहिला स्थापना भएको धुञ्चेलेक र गतलाङ चिज केन्द्रले पनि उत्पादनमा ५० प्रतिशतले घटाएको सम्बन्धित केन्द्र प्रमुखले जानकारी दिए।

वार्षिक ५० हजार केजीको हाराहारीमा उत्पादन हुने चिज कोरोनाको असरकै कारण केन्द्रीय आदेशमा उत्पादन घटाइएको रसुवामा कार्यरत प्रमुखहरूले बताए। प्रतिकेजी रु एक हजार ६०० कायम भएको चिजको बिक्री मूल्य रु २०० घटाई हाल एक हजार ४०० कायम भएको बताइन्छ । चाैँरीपालक कृषकको सङ्ख्या करिब ५०० को हाराहारीमा रहेका छन्।

लेकाली चिसो हावापानी जङ्गलको चरन क्षेत्रमा चरेर बसेका चौरीँगाईको शुद्ध दूधबाट बनेको ‘अग्र्यानिक’ चिज मिठो र पोषणयुक्त हुने चिकित्सकहरूले बताएका छन्। चिज उत्पादनको समय भने वैशाखदेखि कात्तिक १५ गते पहिलादेखि निर्धारित समय यथावत रहेको जनाइएको छ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।