संसद पुन:स्थापनाको निर्णय संविधान र लोकतन्त्रको जीत
धनकुटा। सर्वोच्च अदालतले संसद पुन:स्थापनाको निर्णय गरेर संविधान र लोकतन्त्रको जीत भएको नेपाली कांग्रेसका नेताहरुले वताएका छन ।

धनकुटाको महालक्ष्मी नगरपालिकाको मूर्ताीढुंगा नेता चौकमा आज आयोजित वृहत कांग्रेस भेलालाई सम्वोधन गर्दै उनिहरुले त्यस्तो वताएका हुन् । भेलामा पार्टीका आमन्त्रित केन्द्रिय सदस्य संविधान सभाका सदस्य मनोहर नारायण श्रेष्ठले अव नेपाली कांग्रेस मात्र सफल भएको वताउदै नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले निकास पाउने वताउनु भयो ।
त्यस्तै जिल्ला सभापति अग्नी प्रसाद पौडेलले अव नेपाली कांग्रेसले जागरण ल्याउने वताउनु भयो । पार्टीका महालक्ष्मी नगरपालिका वडा नं ८ का सभापति कर्ण वहादुर थापाको अध्यक्षमा सम्पन्न भेलामा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,जिल्ला सदस्यहरु भक्तलाल मादेन,राजेन्द्र खड्का,महाल्लक्ष्मी नगरपालिकाका पार्टी सभापति ध्रुवराज राय, वडा नं ९ का पाटी सभापति प्रेम प्रसाद ढकाल,सदस्यहरु तुल वहादुर पुलामी,दोर्ण नेपाल लगायतले लोकतन्त्रको रक्षा गर्दै नेपाली कांग्रेसले अव आर्थिक समृद्धीको अभियान गाउ गाउबाट सञ्चालन गर्ने वताएका छन् ।
नेपाली कांग्रेस महालक्ष्मी नगरपालिकाका उपसभापति हिक्मत भण्डारीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै कार्यक्रमको संचालन गर्नु भएको थियो भने स्वागत मन्तव्य सदस्य दोर्ण नेपालले राख्नु भएको थियो । कार्यक्रममा पार्टीले सञ्चालन गरिरहेको गरिखाने कार्यक्रमको वारेमा समेत जिल्ला सचिव राइले सहजीकरण गर्नु भएको थियो ।


