यसरी मनाइयो ३९ औं मगर एकता दिवस

शर्मिला राई,धनकुटा । नेपाल मगर संघ जिल्ला समन्वय समिति धनकुटाले आज आफ्नो ३९ औं मगर एकता दिवस मनाएको छ ।

धनकुटा १ हिलेमा एक कार्यक्रमको आयोजना गरि संघले आफ्नो एकता दिवस मनाएको हो । सोही अवसरमा संघले विभिन्न क्षेत्रबाट मगर संघ र विभन्न समुदायलाई सहयोग पुर्याएको भन्दै भर्खरै मात्र श-सस्त्र प्रहरीको डिआईजी पदमा वढुवा हुनुभएका श-सस्त्र प्रहरीका डिआईजि गणेश ठाडा मगर, नेपाल मगर संघ जिल्ला समन्वय समितका पूर्व अध्यक्ष तथा सल्लाहकार समित संयोजक जेवि घले र समितिका पूर्व अध्यक्ष शान्ता समाललाई सम्मान गरेको छ ।

उनिहरुलाई सम्मान पत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय सदस्य गणेश पिठाकोटे, नेपाल मगर संघ जिल्ला समन्वय समितका अध्यक्ष चेत वहादुर रानामगर लगायतले सम्मान गरेका थिए । कार्यक्रममा मगर समुदायका कलाकारहरुले साँस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए । मन्तव्य संघका सल्लाहकार समिति संयोजक जेवि घले, सल्लाहकार ईन्द्र सारु लगायतले राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।