धनकुटा बहुमुखी क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको पुत्ला दहन

धनकुटा,फागुन १७ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहनिकट अनेरास्ववियू क्याम्पस कमिटिले धनकुटा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको पुत्ला दहन गरेको छ ।

क्याम्पसको माथिल्लो गेटबाट नाराबाजी गर्दै प्रवेश गरेको उक्त समुहले प्रशासनमा पुगी धर्ना सहित क्याम्पस प्रमुख होम बहादुर बस्नेत र सहायक क्याम्पस प्रमुख रुद्र पोख्रेलको पुत्ला दहन गरेको थियो । उसले क्याम्पस प्रमुख राजिनामा दे,परीक्षाको अनियमितता छानविन गर,दोषिलाई कार्बाहि गर लगाएतका नारा लगाएको थियो ।

गत फागुन १० गतेदेखि सञ्चालित स्नातक तह तेस्रो वर्षको परीक्षा सञ्चालनका क्रममा क्याम्पसमा संलग्न परीक्षार्थीको वस्तुगत प्रश्नको उत्तरपुस्तिका क्याम्पसका मानविकी संकायका सहायक क्याम्पस प्रमुखद्वारा फेरबदल गरेको भन्दै अनेरास्ववियूले यस अघि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दि समेत गरेको थियो ।

पटक पटक प्रशासन समक्ष सत्य तथ्य छानविन गरी दोषिलाई कारकाही गर्न आफुले माग गरेपनि प्रशासनले व्यवास्ता गरेको अनेरास्ववियू क्याम्पस कमिटी सहसंयोजक संतोष बुढाथोकीले वताउनुभयो । विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको भन्दै परीक्षामा मिलेमतो गर्ने दोसीमाथि कडा कार्वाही नगरेसम्म विद्यार्थीहरुको हकहितका लागी अनेरास्ववियूले जस्तो सुकै कदम चाल्न पनि पछि नपर्ने कमिटी संयोजक सञ्जीब लिम्बूले जानकारी दिनुभयो ।-तस्बीर श्रोत :सन्जीव लिम्बु

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।