एकल महिला समुहको १ नम्वर प्रदेश कार्यालय स्थापना

धनकुटा । धनकुटामा मानव अधिकारका लागि एकल महिला समुहको १ नम्वर प्रदेश कार्यालय स्थापना भएको छ ।

प्रदेश नम्वर १ का विद्यायन समितिका सभापति सांसद इन्द्र मणी पराजुलीले १ सय ११ औ अन्तराष्टिय नारी दिवसको अवसरमा मानव अधिकारका लागी एकल महिलाको १ नम्वर प्रदेश कार्यालयको धनकुटामा उद्घाटन गर्नु भएको हो । सो अवसमा उहाहरुले एकल महिलालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रदेश सभाका सांसद लिला सुब्बाले कानुन र संविधानमा लेखेर मात्र नहुने व्यवहारमा लागु गरेमात्र महिलाको मुक्ति हुने वताउनु भयो ।संविधान सभा सदस्य अञ्जना ताम्लीले नियम कानुनमा महिला अधिकारको सुनिश्चितता गरे पनि लागु नभएको गुनासो गर्नु भयो ।धनकुटका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले महिला हिंसा गर्नेलाई कडा कारवाही गर्ने वताउनु भयो ।

मानव अधिकारका लागी एकल महिला समुहका १ नम्वर प्रदेशका अध्यक्ष मिना राईको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,जिल्ला प्रहरी कार्यालय धनकुटका एस पी गोविन्द्र अधिकारी ,सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका डि एस पी रामचन्द्र श्रेष्ठ,अन्तरपाटी महिला सञ्जाल धनकुटाका अध्यक्ष पार्वती राई,जेष्ठ नागरिक संघ धनकुटाका अध्यक्ष राम वहादुर श्रेष्ठ,वडा नं. ५ का वडा सदस्य सिता श्रेष्ठ,हुसाडेक नेपालका महासचिव सरोज भूजेल,रेडक्रस धनकुटाका मुकुन्द अधिकारीलगायतले एकल महिलाहरुलाई सम्मानीत ढंगले बाच्ने वातावर सिर्जना गर्नु पर्नेमा जोड दिनु भयो ।

मानव अधिकारका लागी एकल महिला समुह १ नम्वर प्रदेश कार्य समितिका उपाध्यक्ष दिपा आर्चायले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन कृत्ति राईले गरेकी थिईन ।

सोही समारोहमा मानव अधिकारका लागी एकल महिला समुह धनकुटा जिल्ला कार्य समितिद्धारा प्रकाशित स्मारीका र क्षमता विकास तथा लैगिक सिा न्यूनिकरण सम्वन्धि सन्दर्भ समाग्रीको समेत प्रदेश नम्वर १ का विद्यायन समितिका सभापति सांसद इन्द्र मणी पराजुलीले विमोचन गर्नु भएको थियो ।
प्रकाशित स्मारिकाको र सन्दर्भ समाग्रीको समिक्षात्मक टिप्पणी साहित्यकार द्धय केजी सुब्बा र घनश्याम वरालले गर्नु भएको थियो ।

मानव अधिकारका लागी एकल महिला समुह धनकुटा जिल्ला कार्य समितिले सोही समारोहमा महिला अधिकारकर्मी तथा महिला नेतृ पार्वती राई र द धनकुटा हेराल्ड राष्टि दैनिकलाई सम्मान समेत गरेको अध्यक्ष मिना राईले वताउनुभयाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।