ओली- कांग्रेस संयुक्त प्यानललाई पराजित गर्दै माधव-प्रचण्ड पक्षबाट सहकारी संघ धनकुटाको अध्यक्षमा सुवेदी
धनकुटा,२४ फागुन । धनकुटा जिल्ला सहकारी संघको अध्यक्षमा खगेन्द्र प्रसाद सुवेदी निर्वाचित हुनु भएको छ ।

माधव प्रचण्ड पक्षबाट सहकारी संघको जिल्ला अध्यक्षमा उम्मेदवार बन्नु भएका सुवेदीले ओली र नेपाली कांग्रेसका तर्फका साझा उम्मेदवारलाई पराजित गर्दै विजयी हुनु भएको हो ।
विजयी उम्मेदवार सुवेदीले ५० मत प्राप्त गर्नु भएको थियो भने पराजित ओली र नेपाली कांग्रेसका तर्फका साझा उम्मेदवार जयन्द्र घिसिङ्गले ४२ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै अन्य पदमा भने ओली र नेपाली कांग्रेसका तर्फका साझा उम्मेदवार विजयी भएका छन् । जसमध्ये उपाध्यक्षमा कमलकुमार लामिछाने, सचिवमा टेक बहादुर लिम्बु, कोषध्यक्षमा यूवराज थापा, सहसचिवमा तिलकबहादुर महत,सदस्यहरुमा हरिप्रसाद तिम्सीना,मिना राई,पेमा लामा,लक्ष्मण काफ्ले विजयी हुनु भएको छ ।
त्यस्तै लेखा समिती संयोजकमा राजेन्द्र बस्नेत, मन्जु कार्कि, रोशन अमात्य विजयी हुनु भएको छ । त्यस्तै केन्द्रिय प्रतिनिधीमा सुन्दरबाबु श्रेष्ठ विजयी हुनु भएको छ ।


