जग्गा दाताहरुलाई सम्मान र विद्यालयहरुलाई खेलकुद सामाग्री वितरण
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आफ्नो चौथो बार्षिकोत्सवको अवसरमा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, जग्गा दाताहरुलाई सम्मान र विद्यालयहरुलाई खेलकुद सामाग्री वितरण गर्दै मनाएको छ ।

हाजिरी जवाफ प्रतियोगितामा जनता मावि जितपुर प्रथमहुँदै २० हजार, नविन शिक्षा सदन डाँडागाउँ दोस्रो हुँदै १५ हजार र सरस्वती मावि कटहरे तेस्रो हुँदै १० हजार नगद पुरस्कार पाएका छन् । ती विद्यालयहरुलाई संघीय सांसद राजेन्द्र राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु कार्की, प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरीले पुरस्कार प्रदान गरेका थिए ।
नगरले सोही अवसरमा ३२ जना जग्गा दाताहरुलाई सम्मान पनि गरेको छ । महालक्ष्मी नगरपालिका तथा नगरपालिका अन्र्तगतका अस्पताल, वडा कार्यालय र स्वास्थ्य सस्थाहरुलाई निःशुल्क जग्गा प्रदान गर्नेहरुलाई सम्मान गरिएको महालक्ष्मी नगर प्रमुखका सचिवालय प्रमुख बिष्णु दाहालले जानकारी दिनुभयो ।
नगर क्षेत्रभित्रका १७ वटा माध्यमिक विद्यालयलाई एक-एक वटा भलिवल र नेट प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।


