छात्रा वृत्ति वितरण तथा सरोकारवालाहरु सँगको अन्तरक्रिया सम्पन्न

धनकुटा,चैत ३ । धनकुटाको चौविसे गाउँपालिकाको आयोजनमा कक्षा ११ र १२ मा विज्ञान र होटल व्यबस्थापन विषयमा अध्यन्नरत विद्यार्थीलाई छात्रा वृत्ति वितरण तथा विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवालाहरु सँगको अन्तरक्रिया आज सम्पन्न भएको छ ।

पून्य माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ११ र १२ का जम्मा २४ जनालाई छात्रा बृत्ति वितरण गरिएको छ । विज्ञान विषयमा अध्यनरत प्रति विद्यार्थी प्रति वर्ष ३० हजारका दरले र होटल व्यबस्थापन विषयममा अध्यन्नरत प्रति विद्यार्थी ४० हजारका दरले छात्रा वृति वितरण गरिएको हो । पालिका भित्रका ८ वटै वडाका दुवै विषयमा अध्यन्नरत १÷१ जना विद्यार्थीलाई गाउँपालिकाले हरेक बर्ष छात्रा वृति वितरण गदैँ आएको छ ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष टेक रत्न चेम्जोङ्को अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा बोल्नु हुदैँ कार्यक्रमका प्रमुख अथिति गाउँपलिकाका अध्यक्ष खजिन्द्र राईले यस विद्यालय गाउँपालिकाकै नमूना विद्यालय भएकोले नामको मात्र नभएर बास्तवमा नै नमूना बन्नु पर्ने कुरामा जोड दिनु भयो साथै आउँदा दिनहरुमा शैक्षिक क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

त्यस्तै सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रमका क्रममा विद्यालयका प्रध्यानध्यापक लोक बहादुर राईले आउँदा दिनमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न अग्रसर भएर अगाडी बढ्ने बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाका उपप्रमुख यज्ञकुमारी रुचाल , प्रमुख प्रशासकिय अधिकृत जितमान जिमी , शिक्षा शाखा प्रमुख चुडा मणी रेग्मी , विद्यार्थी ,अभिभावक ,शिक्षकहरु लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖