धनकुटाको एक घरमा आ’गलागी
धनकुटा, चैत ४ । धनकुटा नगरपालिका वडा नं ६ सिरानबजारको एक घरमा आज आ’गलागी भएको छ ।

८६ वर्षका वृद्ध धनवहादुर ब्लोन तामाङको घरमा आ’गलागी भएको हो । भान्सा कोठामा खाना पकाई सकेर निकालिएको कोईला राम्रो संग ननिभाउँदा भएको आ’गलागीले उनको २ तले ढुङ्गा माटोले वनेकोे कच्चि घर जलेर पूर्ण रुपमा न’ष्ट भएको छ । खाना पकाएर श्रीमान धनवहादुर र श्रीमती विष्ण्ुामाया वजार घुम्न निस्किएको वेला घरमा आ’गलागी भएको प्रहरीले जनाएको छ ।
आ’गलागीका कारण ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो । घरमा आ’गो लागेको वेला वृद्ध दम्पती काम विशेषले बजार निस्किएका थिए । घरमा आ’गो लागेको छिमेकीले देखेपछि वृद्ध दम्पतीको खोजी भएको थियो । वृद्ध दम्पतीका २ छोरी, २ नातिनी, छोरा, वुहारी गरी ८ जनाको परिवार वस्दै आएका थिए ।
निम्न आर्थिक अवस्था रहेको तामाङ परिवार धनकुटा बजारमा मजदुरी गरेर जिविकोपार्जन गरिरहेका थिए । आगलागीले गर्दा तामाङ परिवारले आङ्गमा लगाएको लुगा वाहेक सवै खरानी भएको वृद्ध धनवहादुरले वताउनुभयो । आ’गलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन नगद १० हजार, आठानी सून, लगायतका सम्पुर्ण सामान जलेर न’ष्ट भएको छ ।
आ’गो नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगलागी भएको दुई घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए । घर पुर्ण रुपमा ज’लेपछि तामाङको परिवार छिमेकीको घरमा बसेका छन । अगेनोमा रहेको आगो नजिकै रहेको वासको चिम÷भाटामा आ’गो सल्केर आ’गलागी भएको प्रहरीले अनुमान गरेको छ ।


