तामाङ मौलिक बाजा टुङना,डम्फू र सम्भोटा लिपि प्रशिक्षण सम्बन्धि सात दिने तालिम शूरु

धनकुटा,चैत ५ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा तामाङ मौलिक बाजा टुङना डम्फू र सम्भोटा लिपि प्रशिक्षण सात दिने तालिम आज बाट हिलेमा शूरु भएको छ ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष विष्णु मोक्तानको अध्यक्षतामा सञ्चालित तालिमको आज एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ । तालिममा नेपाल ताम्बा संघका केन्द्रीय अध्यक्ष धावा वाङ्गेल मोक्तानले प्रशिक्षण दिइरहनुभएको छ। तालिममा धनकुटा जिल्लाका विभिन्न स्थानीय तहका तामाङ समुदायको सहभागीता रहेको छ ।

तालिममा तामाङ समुदायको मौलिक बाजा डम्फू तथा टुङना बजाउने र बनाउने र तामाङ सम्भोटा लिपि पढ्न सिकाउने आयोजकले जनाएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा कार्यक्रमका अतिथिहरू नेपाल तामाङ घेदुङका संघीय सदस्य लालचन गोङबा, आदीवासी जनजाती महासंघ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई, घेदुङका निवर्तमान अध्यक्ष सीता राम थिङ , घेदुङका प्रदेश सदस्य गंगाराम गोम्देन , घेदुङका नगर अध्यक्ष कुल बहादुर तितुङ , सदस्यहरूको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।