पुनर्मिलनको परिचय(कविता)
कविता
पुनर्मिलनको परिचय
धेरै वटा बर्षहरु बित्ते,मेरा सहरमा,
आज एकासी गाउँमा पुगेको छु म,
तर गाउँ बस्तीका मान्छे शहर मै छन,
खेत वारि सबै जंगल भएछन्
घर गोठ सबै थोत्रा देख्छु,
अनि आज म त्यही गाउँमा पुगेर,
पुनर्मिलनको परिचय खोज्दै छु।
चौतारका वर पिपल उस्तै छन,
पानी धारा,पँधेरो लेउ ले ढाकेछ,
प्रकृतिले दिने चिसो हावा उस्तै छ
त्यहि हावाको सासले बाचेको म,
खै जिउँदो छु कि मरेको छु,
आफैले आफ्नो शरिर छामदै छु म आज,
अनि आफुले आफै भित्र प्रश्न गर्दैछु,
फेरी पनि म सम्बन्धको साईनो भित्र
पुनर्मिलनको परिचय खोज्दै छु।
धेरै वटा बर्ष सहरमा बित्ते मेरा,
अनि परिक्षा दिन उभिएको बिधार्थी झै भएको छु,
खै पास हुन्छुकी फेल नतिजा नै नदेख्ने भएको छु,
फेरी पनि तिनै प्रश्न सगै उत्तर खोज्दै छु,
डाडा पाखा र छहारीले हर्दै छन मलाई,
अनि सेतो कुहिरोले छोपिएको छु आज,
तिनै खोला भित्रका ढुङ्गाले भन्दै छ मलाई,
कयौँ पानी बोगो म माथी,
कयौं बाढी आयो, तर म उस्तै छु भनेर,
फेरी मेरै भौतिक शरिरलाई प्रस्न गर्दै छ ,
यस्तै अनुत्तरीत प्रश्न भित्रको बेजवाफ बनिएर,
फेरी पनि म पुनर्मिलनको परिचय खोज्दै छु।
आज म बर्षौ पछि तिनै पाखा पखेरोमा उभिएको छु,
अनि शुसकेरा सगै परिचय दिदै छु,
किनकी निकै बर्ष पछि म गाउँ पुगेको छु,
त्यहाँ परिचय भित्र नै परिचय लुकेको छ,
शव्दले नै प्रकृतिलाई स्पर्श गरेको,
अनि चरा चुरुङ्गिले कराउन थाले,
पशुपन्छीले आवज दिन थाले,
हरेक रुखले हर्दै थिए मलाई,
फुलहरु बास्ना छरेर फुलेका थिए,
अनि पुर्ब बाट चिसो सिरेटो चलेको थियो,
तिनै गुफा र झाडीको रापले न्यानो बनायो,
अनि तीनै स्पर्शका सम्बन्धले बलजिएको छ,
फेरि परिचय भित्र पुनर्मिलनको परिचय भएको छ,
किन कि धेरै बर्षमा गाऊ पुगेको छु म आज,
त्यसैले पुनर्मिलनको परिचयले परिचित भएको छ।
-पाख्रीबास,धनकुटा


