अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन – १) हुंदै,आवेदन खुल्ला

काठमाडौं – अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन – १) को आवेदन खुलेको छ । यो अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हुने बताईएको छ।

शुक्रबार ललितपुरको कुमारीपाटी स्थित यो क्याफेमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम बारे जानकारी गराईएको हो ।
‘ मिस फेस अफ नेपाल’ अन्तर्राष्ट्रिय स्तरमा मिस नेपालको स्थान जसरी पुगेको छ, त्यसको लेबलमा हामीले पनि पु¥याउने “मिस फेस अफ नेपाल”का आयोजक तथा कोरियोग्राफर सपना राईले बताईन् ।

टाइटल विनरलाई स्कुटर, सिल्भर क्राउन प्रदान गरिने, भने फस्ट रनरअपलाई नगद रु पच्चिस हजार र सिल्भर क्राउनका साथै विभिन्न गिफ्ट ह्याम्परहरु सेकेन्ड रनर अपलाई पन्ध्र हजार नगद, सिल्भर क्राउन र विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक राईले बताईन्। प्रतियोगितामा सहभागी सबै जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ ।

सहभागिताका लागि उमेर १६ देखि २५ वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई भन्दा माथि तोकिएको छ । आवेदनका फारम आजैबाट खुला गरिएको छ ।

चैत्र १५ गते पहिलो अडिसन र २५ गतेबाट तालिम शुरु हुनुका साथै ग्र्यान्ड फिनाले २०७८ बैशाख २५ गते शनिबार राष्ट्रिया नाचघरमा सम्पन्न हुनेछ । आवेदनका लागि अधिरा फिल्मस प्रा.लि.को अफिस कुमारीपाटी र दिइएको नम्बरहरुमा सम्पर्क गर्न सकिनेछ ।980107716,9813712320 र 98805345675

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖