जनउत्थान बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न

धनकुटा,७ चैत्र । जनउत्थान बहुउद्देश्यीय सहकारी संस्था धनकुटाको १३ औं साधारण सभा विभिन्न निर्णयहरु गर्दै आज सम्पन्न भयो ।

उक्त साधारण सभाको उदेघाटन गर्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले सहकारी मार्फत समाजलाई परिर्वतन गर्न सकिने वताउदै सहकारी आर्थिक समृद्धीको मुख्य आधार भएको वताउनु भयो ।

जनउत्थान वबहुउद्देश्यीय सहकारी संस्था धनकुटाका अध्यक्ष दिनेश राईको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी धनकुटका शाखाका प्रवन्धक युद्ध प्रकाश मादेन लगायतले सहकारी अभियान मार्फत गरिवि निवारण गर्न सकिने वताउनु भयो ।

उक्त साधारण सभामा जनउत्थान बहुउद्देश्यीय सहकारी संस्था धनकुटका अध्यक्ष दिनेश राईले शाखका बार्षिक प्रतिवेदन,र भावी कार्यक्रमको प्रस्तुत गर्नु भएको र स्वागत मन्तव्य उक्त सहकारीका कार्यकारी सदस्य सौगात श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सदस्य मोहन घिमिरेले गर्नु भएको थियो ।

सो अवसरमा निधन हुनु भएका जनउत्थान बहुउद्देश्यीय सहकारी सस्थाका शेयर सदस्य तथा ऋणी धनकुटा नगरपालिका वडा नं. ६ का किशन राईको दावी भुक्तानी रकमको १ लाख १० हजार रुपैयकाको चेक उनका दाजु सन्त वहादुर राईलाई नेशनल लाईफ इन्स्योरेन्स कम्पनी धनकुटाका शाखका प्रमुख युद्ध प्रकाश मोदन र सहकारी संस्थाका अध्यक्ष दिनेश राईले प्रदान गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।