नेता,कार्यकर्तालाई मूल पार्टीमा फर्कन आह्वान गर्दै नेकपा माओवादी केन्द्र धनकुटाको पूर्ण बैठक सम्पन्न
धनकुटा,चैत ९ । विभिन्न कारणले मूल पार्टी भन्दा वाहिर रहेका नेता कार्यकर्तालाई मूल पार्टीमा फर्कन आह्वान गर्दै नेकपा माओवादी केन्द्र धनकुटाको पूर्ण बैठक सम्पन्न भएको छ ।

पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज हेमराज भण्डारीको प्रमुख आतिथ्य तथा जिल्ला संयोजक ऋषीराम ढुंगानाको अध्यक्षतामा वसेको वैठकले जिल्लाको ७ वटै पालिका तथा सवै वडाहरुमा चाँडै कार्यलय स्थापना गर्ने,जनवर्गीय संगठनको विभाग अनुसार जिम्मेवारी दिने लगायतका निर्णयहरु पनि गरेको छ ।
सोही अवसरमा धनकुटाको चुवाको वोट नजिक जिल्ला पार्टी कार्यलय समेत स्थापना गरि उद्घाटन गरिएको नेकपा माओवादी केन्द्र धनकुटाले जनाएको छ ।


