विश्रान्ति वृद्धाश्रममा रहेका ५० जना को स्वास्थ्य जाँच तथा पोषण युक्त सामाग्री प्रदान
धनकुटा,चैत ११ । आज विश्व क्षय रोग दिवस स्वास्थ्य तथा उपचारजन्य विभिन्न कार्यक्रम गर्दै मनाईएको छ ।
दिवसको अवसरमा स्वास्थ्य कार्यलय धनकुटाले विश्रान्ति वृद्धाश्रममा रहेका ५० जना को स्वास्थ्य जाँच तथा पोषण युक्त सामाग्री प्रदान गरेको छ । उनिहरुको स्वास्थ्य जाँचको क्रममा शंकास्पद ४० जनाको खकार संकलन गरि नयाँ प्रविधिद्धारा थप जाँचका लागि (जिन स्टप) विराटनगर पठाईएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
उनिहरुको सवैको स्वास्थ्य जाँच गर्दै स्वास्थ्य समस्या देखीएकाहरुलाई आवश्यक उपचार गरि औषधि दिईएको उहाँले वताउनुभयो । साथै सवै जनालाई एक एक डव्वा हर्लिक्स पनि प्रदान गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार, हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगी नेपालमा थपिने गरेका छन् ।
करिब ५ देखि ७ हजार नेपालीको क्षयरोग को कारण वर्षेनी मृ त्यु हुने गर्दछ । क्षयरोगीहरुको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्छ । यो रोगको संक्रमण माईक्रो व्याक्टेरियम टुवर क्लोसिसबाट हुने गर्दछ ।


