नवनिर्वाचित जिल्ला सहकारी संघ धनकुटाका पदाधिकारीहरुद्वारा शपथ ग्रहण

धनकुटा,१२ चैत । जिल्ला सहकारी संघ धनकुटाका नवनिर्वाचित पदाधिकारीहरुले आज शपथ ग्रहण गरेका छन् ।

निर्वाचन समितिका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षतामा धनकुटामा सञ्चालित कार्यक्रमको वीच जिल्ला सहकारी संघका नवनिर्वाचित अध्यक्ष खगेन्द्र प्रसाद सुवेदी, उपाध्यक्ष कमल लामिछाने,सचिव टेकराज चेम्जोङ,सहसचिव तिल महत सहित ९ सदस्यीय पदाधिकारीले सपथ ग्रहण गरेका हुन् ।

त्यस्तै लेखा समितिका संयोजक राजेन्द्र वस्नेत सहित तीन जना र केन्द्रिय पार्षद सुन्दर वावु श्रेष्ठलाई निर्वाचन समितिका संयोजक श्रेष्ठले सपथ ग्रहण गराउनुभएको हो ।

कार्यक्रमको दोश्रो चरणमा धनकुटा जिल्लाका सहकारीहरुलाई कसरी वृद्धी विकास गर्ने भन्ने वारेमा वृहत अन्तरक्रिया पनि गरिएको छ ।

जिल्ला सहकारी संघका नवनिर्वाचित अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमलाई संघका केन्द्रिय अध्यक्ष कँडेल सहित उपाध्यक्ष रमेश पोखरेल सञ्चालक गणेश ढकाल, प्रदेश अध्यक्ष डिल्ली पोखरेल, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ लगायतले सम्वोधन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव चेम्जोङले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।