विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड (केन्ट), विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र अर्थ आवरको अवसरमा बहृत इको गीत तथा साहित्य सिर्जना वाचन कार्यक्रम गर्ने भएको छ । महासङ्घले पाँचौ स्थापना दिवसका अवसरमा वातावरण साहित्यलाई प्रबद्र्धन गर्न इको गीत सिर्जना वाचन कार्यक्रम राखेको हो ।

साहित्यमा पर्यायवरणको मुद्दालाई प्राथमिकतामा राख्न विनेसाम यूकेले अर्थ आवर दिवसका दिन इको गीत वाचन तथा गायन कार्यक्रम राखेको अध्यक्ष विजय हितानले जानकारी दिए । ‘अर्थ आवर र पाँचौ स्थापना दिवसका दिन साहित्यकारहरू भेला भएर इको गीतहरू प्रस्तुत गर्दैछन्,’ उनले भने, ‘अहिलेसम्म अढाई दर्जन बढी सर्जकहरू सहभागी हुने तय भइसकेको छ ।’ कार्यक्रममा वातावरण संरक्षणको विषयवस्तु बनाएर लेखिएका गीतहरूसँगै अन्य सिर्जनाहरू पनि सामेल हुने उनले बताए । अध्यक्ष हितानका अनुसार कार्यक्रममा विनेसामबाहेका यूकेका आधा दर्जन बढी साहित्यिक संस्थाहरू पनि सहभागी हुँदै छन् । कार्यक्रम महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको प्रमुख आतिथ्यमा हुनेछ ।

विनेसाम साउथ यूकेको स्थापना अर्थ आवरका अवसरमा सन् २०१६ मा आसफोर्डमा भएको थियो । वातावरणविद् समेत रहेका साहित्यकार हितानको पहलमा यूकेमा सन् २००९ देखि अर्थ आवर मनाउँदै आएको सचिव अमित थेवेले जनाए । अर्थ आवर विश्व प्रकृति संरक्षण कोष (डब्लूडब्लूएफ) को पहलमा सुरु भएको विश्वव्यापी वातावरण संरक्षणकारी अभियान हो । जुन अष्टेलियाको सिड्नी सहरबाट सुरु भएको थियो ।

अर्थ आवर प्रत्येक वर्षको मार्च महिनाको अन्त्यमा मनाइन्छ । जलवायु परिवर्तनका प्रभावहरूबारे जागरण पैmलाउन यस वर्ष पनि मार्च २७ गते शनिबार सालिन्दाभैmँ बेलुकी साढे आठ बजेदेखि एक घण्टा बत्ती निभाएर वातावरण संरक्षणका लागि करोडौँ मानिसहरूले ऐक्यबद्धता जनाउँदै छन् । यूकेका सक्रिय साहित्यिक संस्थाहरूमध्ये एक विनेसाम यूकेले वातावरण साहित्य, युद्ध साहित्य र मातृभाषा साहित्यलाई आफ्नो प्राथमिकताका कार्यक्रमहरूभित्र राखेको सचिव थेवेले बताए । महासङ्घको हाल विश्वभर २० वटा मुलुकहरूमा २८ शाखाहरू छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।