नेपाल ज्योतिष परिषद धनकुटाको पाँचौ जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा भण्डारी
धनकुटा,१८ चैत । नेपाल ज्योतिष परिषद धनकुटाको पाँचौ जिल्ला अधिबेशन बाट हरीप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।

नवगठित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा अम्बिका प्रसाद अधिकारी, महिला उपाध्यक्षमा सुनकुमारी राई, उपाध्यक्षमा माधव दाहाल,सचिवमा सरोज घिमिरे, सहसचिवमा कुलप्रसाद तिम्सिना, कोषाध्यक्षमा जयबहादुर तामाङ रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा पुष्पा राई, यज्ञ बहादुर राई,गोविन्द वाग्ले, माधव दाहाल,शालिग्राम मिश्र, भोलानाथ भण्डारी र शंकर प्रसाद पोख्रेल चयन हुनु भएको नवगठित समितीका अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।

कार्यक्रमको प्रमुख अतिथी धनकुटा नगरपालिका वडा न ७ का अध्यक्ष जंगबहादुर राई रहनु भएको थियो ।


