एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न

चैत २१,धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकामा आज एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा वडा नं ७ को १ सय २२ घरधुरी संख्याका ४ हजार ७ सय २ वटा पशुहरुको जाँच तथा महामारी जन्य रोग विरुद्धको औषधि वितरण गरिएको छ ।

शिविरमा १७ सय ६५ वाख्रा, ३ सय २९ गाईगोरु, २४ सय ५९ कुखुरा,४८ भैसीलाई आन्तरिक र वाह्य परजीवि विरुद्धको औषधि,भिटामिन र महामारी विरुद्धको एन्टिवाईटिक वितरण गरिएको गाउँपालिकाका पशु सेवा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनुभयो ।

१२ वटा कुकरलाई रेविज रोग विरुद्धको खोप पनि लगाईएको छ । गाउँपालिकाका वडा नं ७ का वडाध्यक्ष वम वहादुर राईको अध्यक्षतामा सम्पन्न शिविरमा वडा सदस्य गोविन्द पौडेल,पशु प्राविधिकहरु हरि कुमार राई,लोकमान राई,वासुदेव वास्कोटा लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।