” भाका नाघेपछि ” (कविता)
कविता
” भाका नाघेपछि ”
पुर्जा बन्धक राखे पछी,
साहुको ऋणी भएको ऊ,
ऋणसगै चुक्ताको भाका थियो,
समयको गतिसगै ,
अभाबको भेल आयो,
आज ऋणले भाका नागो,
बारम्बार भाका ले पछ्याएको ऊ,
अनि निर्दोष संसार बसेर पनि,
दोषी भएको थियो ऊ,
साहुको ऋणले भाका नागे पछि।
ऋण ले भाका नागो,
अनि बोलीले ईमान गुमायो,
तर चुक्ता गर्ने सहास भए पनि,
चौतराको बाटो हिड्न छोड्यो,
कता कता छलिदा पनि,
साहुले भेटेको थियो,
अनि भन्दै थिए तिनै साहुले
ऋणले भाका नाग्यो?
यस्तेै प्रश्ननमा अनुत्तरित थियो ऊ,
ऋणले भाका नागे पछी।
साहु घरमा आए सधै रितो हात,
कयौ पटक भोली भन्यो उसले
साच्चै ऋणको चुक्ता भोली भयो,
अनेकौ जोड जाम गरो,
तर पनि भाका टार्न सकेन्,
खेती वारि कोट्यायो उसले,
तर बाली भित्राउने बेलामा,
असिना आएको थियो
गोठको गाईले साथ दिएन्,
भैसी पालो सधै थारो,
अनि पोल्छ उसैलाई,
तिनै जलेका सपना ले,
त्यही ऋणले भाका नागे पछी।
संसारले मस्ती देखे पनि उसलाई,
आफु भित्रै आफेै खालि थियो,
साहुको ऋणले भाका नागे पछि,
आफ्नै आफ्नताको तिस्कार पाएको ऊ,
माथ्लो घरको आउदा पनि,
तल्लो घरको छिमेकी जादा,
खबर आएको छ साहुको,,
त्यही ऋणले भाका नागे पछि।
साहुको ऋणले भाका नागे पछि,
झुटो भएको छ दुनियाँमा ऊ,
दोषी पनि भयो साहुको नजरमा ,
अब त इमान नभएको भन्दै थिए।
आखीर त्यही ऋण ले भाका नागे पछि।
अनि भन्दै छ आज दुनियाँसग
ऋण लागोस,दिन नलागोश,
तर भाका भन्ने कहिले ननागोस।
-बीरबल खड्का,धनकुटा ।


