युवाहरुलाई सदस्यता वितरण
चैत २१,धनकुटा । नेपाल तरुण दलले धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ९ का ३२ जना युवाहरुलाई सदस्यता वितरण गरेको छ ।
तरुण दलका जिल्ला अध्यक्ष दिनेश राई प्रमुख आतिथ्य तथा तरुणदलका वडा नं ९ का वडाध्यक्ष जगत मोक्तानको अध्यक्षतामा भएको वडा स्तरिय तरुण भेलाको वीच उनिहरुलाई सदस्यता वितरण गरिएको हो ।
भेलाकै अवसरमा विभिन्न पार्टी परित्याग गर्दै सो वडाका ३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
भेलामा नेपाली कांग्रेसका जिल्ला सदस्यहरु ज्ञान वहादुर गरुङ्ग,जयन्द्र घिसिङ्ग लगायत युवाहरुको उपस्थिती थियो ।
स्वागत मन्तव्य मिना तामाङ्गले राख्नुभयो भने सञ्चालन शिवदेव घिसिङ्गले गर्नुभएको थियो ।


