छथर जोरपाटीमा बन्दै २ स्वास्थ्य भवन
नारायण कुमार राई/चैत्र २३,धनकुटा । छथरजोरपाटी गाउँपालिका धनकुटामा यो बर्ष साढे ७६ लाखको लागतमा २ वटा आधाभूत स्वास्थ्य चौकी भवन बनेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा निर्माणाधिन उक्त भवनहरु यसै आर्थिक बर्षमा सकिने गरी ठेक्का प्रक्रियाबाट बनिरहेका छन् ।
वडा नं.२ मा ३८ लाख २४ हजार ६ सय ९३ रुपैया र वडा ५ मा ३८ लाख ४६ हजार ७ सय ३ को लागतमा बन्न लागेको योजना शाखाका शाखा प्रमुख दुर्गा रानाले जानकारी दिनुभयो ।
उक्त भवनहरु बनेपछि १ अहेव र एक अनमी स्वास्थ्यकमीले सेवा दिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनुभयो ।


