जनप्रतिनिधि तथा सरोकारवालाहरु वीच पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न

चैत २३,धनकुटा । भुमि समस्या समाधान आयोग समिती धनकुटाको आयोजनामा आज धनकुटाको छथरजोरपाटी गाउँपालिकामा जनप्रतिनिधि तथा सरोकारवालाहरु वीच पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

छथरजोरपाटी गाउंपालिका अध्यक्ष शेवहादुर लिम्बुको अध्यक्षता तथा भुमि समस्या समाधान आयोगका केन्द्रिय सदस्य गोपाल गुराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भुमि समस्या समाधान आयोग समिती धनकुटाका अध्यक्ष नैना रुचाल आयोगका विज्ञ सदस्य साबित्रा बान्तवा, सदस्य सचिव सूर्य भण्डारी र जिल्ला वन डिभिजन कार्यलय धनकुटाका प्रमुख मेघराज राईले सहजीकरण गरेका थिए ।

उनिहरुले भुमिहिन,सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापन समबन्धि संबैधानिक तथा कनुनि व्यवस्था ,भूमि सम्बन्धि समस्या समाधान अयोगको गठन मिति २०७६।१२। ९ को मन्त्रिपरिषद निर्णय, अयोगका उद्देश्य ,भूमि आयोगको जिम्मेवारी,भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई आवास वा कृषिको लागि जग्गा व्यवस्थापन , अव्यवस्थित वस्ति वयवस्थापन, विगतमा अयोगले गरेका कामको अध्ययन र त्यसको समाधान लगायतको विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष भीमकला श्रेष्ठ ,प्रमुख प्रशासकिय अधिकृत तुला राज थापा , वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनितिकदल, फेकोफोनका प्रमुख लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।