पत्रकार महासंघ जिल्ला शाखा धनकुटाको अध्यक्षमा नगेन्द्र राई सर्वसम्मत

धनकुटा,२४ चैत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाको दशौ अधिवेशनले सर्वसम्मतरुपमा जिल्ला कार्यसमिति चयन गरेको छ ।

महासंघको दशौ अधिवेशनले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाको अध्यक्षमा नगेन्द्र राई सर्वसम्मतरुपमा चयन हुनुभएको छ । उहाँ यसअघि शाखाको उपाध्यक्ष पदमा कार्यरत रहनुभएको थियो । यसैगरि शाखाको उपाध्यक्ष विदुर खवास चयन हुनुभएको छ । खवास यस अघि शाखाको सचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।

यसैगरि शाखाको महिला उपाध्यक्षमा देवकला कार्की चयन हुनुभएको छ । यसैगरि शाखाको सचिवमा हरिवहादुर लम्जेल चयन हुनुभएको छ । लम्जेल यसअघि शाखाको समावेशी सह सचिवमा कार्यरत हुनुहुन्थ्यो । महासंघको खुल्ला सह सचिवमा इश्वर थापा चयन हुुनुभएको छ भने सह सचिव(समावेशी) तर्फ पूर्ण कुमार चौधरी चयन हुनु भएको छ ।

यसैगरि कोषाध्यक्षमा रविन कट्टेल चयन हुनुभएको छ । यसैगरि खुल्ला सदस्यहरुमा शर्मिला राई, नरेन्द्र राई, विकास घिमिरे, विश्वराज श्रेष्ठ, विजयशेखर श्रेष्ठ, आशिष लिम्वु रहनुभएको छ ।

यसैगरि महिला सदस्यमा मनिषा पोख्रेल, दलित सदस्यमा विशाल लम्जेल, आदिवासी जनजातीमा अजयसन्तोषी राई, मधेशी सदस्यमा नेवनारायण चौधरी, र सदस्य समावेशीमा आकृती राई सर्वसम्मतरुपमा चयन हुनुभएको छ ।

अधिवेशनले प्रदेश परिषद सदस्यमा रमेशचन्द्र अधिकारी, सुमन गुरागाई, नयराज नेपाल, कविराज घिमिरे, जयन्ती राई, दुखराम माझी, टकलाल राई, यानिन्द्र तिगेला लिम्वु, मानवी मोक्तान र वम्ह्लाल हजारी चयन हुनुभएको छ ।

यसैगरि केन्द्रीय परिषद सदस्यमा सञ्जयसन्तोषी राई, सिद्धराज राई, खगेन्द्रप्रसाद घिमिरे र स्मिता निरौला चयन हुनुभएको छ । स्थापनाकालदेखि सर्वसम्मतरुपमा नेतृत्व चयन हुँदै आएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाको यस दशौ अधिवेशन पनि सर्वसम्मतरुपमै जिल्ला शाखाको नेतृत्व चयन गरिएको हो ।

यद्यपी शाखाको निर्वाचनको कार्यतालिका चैत्र २५ गते तोकिएको भएपनि एकदिन अघि नै जिल्ला शाखाको नेतृत्व सर्वसम्मत चयन गरिएको छ । निर्वाचन समितिका संयोजक अधिवक्ता ठगिनकुमार राईका अनुसार विजेताको घोषणा भने चैत्र २५ गते वुधवार मात्र घोषणा गरिने वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।