घरेलु तथा साना उद्योग महासंघ धनकुटाको अध्यक्षमा श्रेष्ठ निर्वाचित

चैत २५,धनकुटा । घरेलु तथा साना उद्योग महासंघ धनकुटाको अध्यक्षमा राजेश्वर वहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आज धनकुटामा सम्पन्न २९ औ साधारण सभा तथा निर्वाचनबाट राजेश्वर वहादुर श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

महासंघका निवर्तमान अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा सञ्चालित साधारण सभाले महासंघको वरिष्ठ उपाध्यक्षमा कुसुम राना, उपाध्यक्षमा मनकला लिम्वु, महासचिवमा अम्विका धमला,सचिवमा अम्विका परियार र कोषाध्यक्षमा लेखनाथ रिजाललाई चयन गरेको छ ।

त्यस्तै अन्य सदस्यहरुमा सर्मिला राई, हिमा निरौला, राधा वजगाई, निरुपा राई, दिपा लिम्वु, धन वहादुर परियार र अम्विका राई रहेका छन् ।

साधारण सभालाई सम्वोधन गर्दै उद्योग वाणिज्य संघका १ नं प्रदेश सदस्य राजेश कोईरालाले उद्योग व्यवसाय मार्फत देशलाई समृद्ध वनाउनु पर्नेमा जोड दिनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।