करेन्ट लागेर एक जनाको मृ त्यु
शर्मिला राई,धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ४ चानुवामा करेन्ट लागेर एक जनाको मृ त्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीका अनुसार हावा हुरीको कारण अवरुद्ध रहेको विजुलीवत्ती एक्कासी हाई भोल्टेजमा आउदा त्यहाँका करिव ५३ वर्षका चन्द्र वहादुर कार्कीको मृ त्यु भएको हो ।
आफ्नै घरको कोठामा मल्टिप्लकमा मोबाइलको चार्जर जोड्ने क्रममा अचानक हाई भोल्टेज भई करेन्ट लागि कार्कीको घटना स्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ । अन्य ९ जना घाईते भएका छन् ।
घाईते हुनेहरुमा महालक्ष्मी नगरपालिका ४ नेवार गाँउ बस्ने बर्ष ५५ की बम कुमारी श्रेष्ठ, बर्ष ६१ को पदम बहादुर श्रेष्ठ, उदय बहादुर निरौलाको छोरी बर्ष ९ की साबित्रा निरौला, जिमि गाँउ बस्ने सन्तोष जिमिको छोरा बर्ष ६ को लाजिहाङ जिमि, गैरीगाउ बस्ने बर्ष २० की रमा रोक्का, जिमि गाँउ बस्ने बर्ष ६० को मोति माया जिमि, बर्ष ४२ की लिला देबि भण्डारी, बर्ष १८ की सम्झना लिम्बु रहेका छन् ।
उनिहरु मध्ये मोवाईल चार्ज गर्ने क्रममा घाईते हुनुभएकी बम कुमारीका अवस्था गम्भिर रहेको जनाईएको छ । अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुलाई उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको एसपी अधिकारीले जानकारी दिनुभयो ।


