असिनापानीले पुर्याएकाे नाे’क्सानकाे नेपाली कांग्रेस धनकुटाद्वारा स्थलगत अवलाेकन

धनकुटा,वैशाख ७ । धनकुटाको छथरजोरपाटी गाउपालिका र महलक्ष्मी नगरपालिकाको मूर्तीढुंगामा असिनापानीले तरकारी तथा अन्य वालिमा पुर्याएकाे नाेक्सानकाे नेपाली कांग्रेस धनकुटाले स्थलगत अवलाेकन गरेकाे छ ।

पार्टीका जिल्ला सभापति सहितको टोलीले प्रत्यक्ष रुपमा अवोलकन गरी क्षतिको विवरण समेत संकलन गर्दै पीडित किसानलाई तत्काल राहत उपलव्ध गराउन उस्ले सरकार समक्ष माग समेत गरेकाे छ। टाेलिले छथरजोपाटीको परेवादिन क्षेत्र र महालक्ष्मी नगरपालिकाको मूर्तीढुंगाको विभिन्न क्षेत्रमा स्थलगल रुपमा अवोलकन गरी पीडित कृषकहरुलाई राहत उपलब्ध गराउन स्थानीय,प्रदेश र संघिय सरकार समक्ष माग गरेको हो ।

टाेलिमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ,नेपाल तरुण दल धनकुटका क्षेत्रिय सभापति तिलक महल,नेपाली कांग्रेसका पालिका सचिव केशव चापागाई,वडा नं. ६ का सभापति नविन श्रेष्ठ , महालक्ष्मी नगरपालिका वडा नं. ९ का सभापति प्रेम ढकाल,तरुण दलका चिरिञ्जीवि थापा,नेविसंघका बालकुमार विष्ट,नेपाली कांग्रेसका बल वहादुर थापा,लगायतकाे सहभागिता थियाे ।

केही दिन अघि परेको असिना पानीले जिल्लाको छथरजोरपाटी गाउँपालिकाको परेवादिन र महालक्ष्मी नगरपालिकाको मूर्तीढंगा तथा धनकुटा नगरपालिका क्षेत्रकाे विभिन्नदस्थानमा लगाएको बन्दकोपी,फुलकोपी,आलु,मोटर कोसा,साग लगायतका तरकारी बालि सहित एभोकाडो,सुन्तला,जुनुवार आप लिचि लगायत फलफुल नष्ट हुँदा कृषकहरुले कराडाै रुपैया वरावरको क्षति वेहार्नु परेका टाेलिमा संलग्न पार्टीका जिल्ला सचिव विजय सन्तोषी राइले वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।