हरेक तहमा महिला नेतृत्व स्थापित हुने : डा. संग्रौला
वैशाख १२,धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नेपाल महिला संघका पूर्व केन्द्रिय अध्यक्ष सांसद डा डिला संग्रौलाले कांग्रेसको आगामी महाधिवेशनबाट हरेक तहमा महिला नेतृत्व स्थापित हुने वताउनु भएको छ ।

नेपाल प्रेस युनियन धनकुटाद्धारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले त्यस्तो वताउनु भएको हो ।
मुलुकको समस्या समधान गरी मुलुकको विकास गर्न पनि अव कांग्रेसको नेतृत्व आवाश्यक रहेकोमा जोड समेत दिदै संग्रौलाले अव कांग्रेसले नयाँ ढंगबाट नेतृत्व गर्ने वताउनु भयो ।
नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ्गको अध्यक्षतमा कार्यक्रम भएको थियो । त्यस्तै नेपाली कांग्रेस धनकुटाद्धारा आज धनकुटामा आयोजित अन्र्तक्रिया कार्यक्रममा संग्रौलाले अव कांग्रेसलाई कसैले पनि हराउन नसक्ने वताउनु भयो ।
पार्टीका जिल्ला उपसभापति नविन किशोर शाक्यको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सांसद लिला सुब्बा, नेपाल महिला संघका केन्द्रिय सदस्यहरु शोभा पालुङवा,शुसिला ढकाल,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,सदस्य कमोठ फागु,सुमना तिम्सिना,नेपाल शिक्षक संघका प्रदेश नम्वर १ का अर्थ महासचिव राम कुमारी भण्डारी,नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,जिल्ला उपाध्यक्ष अम्विका धमला ,नेपाल तरुण दलका वरिष्ठ उपाध्यक्ष धिरज साङ्वो,नेपाली कांग्रेस चौविसे गाउपालिका सभापति बिजु राई लगायतले नेपाली कांग्रेले अव संगठन विस्तार र सुदृढीकरण अभियान गाउँ गाउँमा सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।


