प्रकृतिले दिएको उपहार,हामीले बनाएको मुहार पाख्रिबास संसारी सिमसार तालतलैया पर्यटनक्षेत्र

वीरबल खड्का,पाख्रिवास । पाख्रीवास नेपालको पुर्वी पहाडको मध्यभागमा अबस्थित धनकुटा जिल्लाको केन्द्र भागमा नागबेलीझै देखिने प्रसिद्ध हरियाँ राम्चे र शन्तले पहाडको काखैमा समुन्द्री सतहबाट करिब १७४० मीटरको उचाइमा २७.०४ डिग्री उत्तरी अक्षांस र ८७.२९ पुर्बी देशान्तर रेखामा अबस्थित पाख्रिवास धनकुटा सदरमुकाम बाट करिब १९ कि.मी उत्तर पश्चिममा अवस्थित रहेको छ ।

एकै नासको न-जाडो न गर्मी बाह्रै महिना सदाबार हावा पानी पाउने छिन छिनको मौसम बदलीको बिशेषता बोकेको मध्य पहाडी लोकमार्गले छुएको धेरै कुराको प्रचुर संभावना बोकेको भिन्न भिन्न मौलिक रितीरिवाज संस्कृतिक भित्र मुख्य गरि विभिन्न जातीहरु राई क्षेत्री बाहुन गुरुङ मगर विश्वकर्मा परियार अन्य रहेका छन् साथै हामी सबैको फरक फरक भाषा र धर्म बिच पनि आपसी सहिष्णुता र एकता भएको अनुपम सोन्दर्य भएको ठाउ हो पाख्रिवास तसर्थ जीवत हुदानै स्वर्ग पुग्न सक्ने हाम्रो पाख्रीबाँस उदाउँदो शैक्षिक,कृषि,बाणिज्य तथा पर्यटनको धेरै संभावना बोकेको छ ।

पुर्वी नेपालकै महत्त्वपूर्ण पर्याटकीय स्थल पाख्रिबास भ्रमणका लागि नछुट्टाउनु होस कसैले पनि अतिनै सुन्दर भौगोलिक बनोटका साथमा चिया अमलिसो र अलैचिको बगानले ढाकेका हरिया डाडा काडा रहेको छ जहाँ बाट संसारकै सबै भन्दा होचो अरुण उपत्यका र मकालु लगायत थुप्रै हिमालय पर्वत हरुको सजिलै दृश्य अवलोकन गर्न सकिन छ।

पाख्रिबास बजारको काखैमा रहेको तालतलैया तथा सिमसार क्षेत्रको मनोरम दृश्यले सबैको मन लोभिएको छ आज यहाँ हजारौं बाह्य तथा आन्तरिक पर्यटनको भ्रमण बढ्दो रहेको छ जसको बारेमा मैले बुझेको कुरा बिस्तार गर्दछु मैले आफ्नो बाल्यकालमा लेक बेशी बजार गाउँ गर्दा होस यहाँ पढ्ने क्रम बिधालय जाने बाटो त्यही ठाउँ भएर हिड्ने गर्थे विगत १५ बर्ष अगाडी पनि विभिन्न बुट्यान अैसेलुका बुटा उत्तिस वृक्ष बासको जाग सगै अमलिसो र अन्य बनस्पतिका बिभिन्न झाडि थियो ।

यसरी नै लुकामारी गर्ने घास दाउरा गर्ने जङ्गल साना साना पानीको मुल सगै हरियाली विभिन्न जनवार पशुपन्छीको बाँस स्थान थियो यसरीनै पाख्रिबास बजारको काखमा रहेको यो जङ्गलमा समयक्रम सगै पाख्रिबासमा मध्यपहाडीलोक मार्गको बाटोको प्रभावसगै अनि मानबीय चाप बढेर गयो यसरीनै मानबी चाप सगै बजारको बिस्तार र बिकास हुँदै गएको थियो यसरी विस्तारीत बजारले आसपासका जग्गा सम्म आयो यसको व्यवस्थापन गर्दै जादा हामीले सोन्दर्यताको बिकास सगै पाख्रिबासको अगुवा बुद्धिजीवीहरुको सक्रियताले माछा पालन व्यवसायका रुपमा बिकास गर्ने हिसाबले यसठाउमा पोखरीको निर्माण भयो यसकै बिकसीत रुप आज एउटा पर्यटनको केन्द्र सीमसार क्षेत्रको बिकास गरियो समय सगै हामी परिवर्तन शिल छौ ।

टिक टिके घडीको सुइ पनि एउटा निश्चित समयमा चलिरहेको हुँदैन । माईक्रो सेकेन्ड हुँदै सेकेन्ड र मिनेटको हिसावले ढिलो भैरहेको हुन्छ तर परिवर्तन भने अस्थिर हुन्छ चलाएमान हुन्छ आजको समाज यती चाडै परिवर्तन हुनुमा एउटा सचेत बुद्धिजिवी बर्गको ठुलो हात छ जसको प्रभाव यश ठाउमा पनि पर्यो, आजका बुद्धिजिवी सचेतता बिना समाज चाडै बिकसित हुनु असम्भवप्राय छ । समयले घिसार्दै बदल्नु अर्कै हो तर मगजले फेर्नु भनेको बिकासक्रमले नयाँ गती लिनु हो र नौलो उच्च आयाम थप्नु हो यसकै रुप हो हाम्रो पाख्रिवासको सिमसार तालतलीयाँ पर्यटन केन्द्र।

आज यो सिमसार क्षेत्रमा पर्यटनको लागि मात्र हैन पर्यावरणलाई स्वच्छ बनाउने काम देखि हामी सबैलाई यसले उत्साहित बनाएको छ यो क्षेत्रमा दुई तर्फबाट प्रबेश द्वार ,ठुला ठुला पानी पोखरी निर्माण गरेर यसमा बोटिङ्ग सुविदा पनि सञ्चालन गरिएको छ यसरी नै वरीपरि चिया अमलिसो बगानले ढाकिएको यो क्षेत्रमा बिभिन्न कलात्मक तरिकाले भगवानका चराचुरुङ्गी पशुपन्छीका मुर्ति बनाईएको छ ।

चित्तल कछुवा सर्प चराचुरीङ्गी राख्ने मिनी चिडीया खाना पनि छ यश भित्रै रुख घर निर्माण गर्दै पर्यटकलाई त्यहा बाट विभिन्न सेवा सेबुधा समेत दिदै आईएको छ यश भित्र घोडा सवार गर्ने पिङ खेल्ने देखि धेरै कुराको सेवा समेत दिदै आएका छौ त्यसैले गर्दा यो क्षेत्र आज धार्मिक तथा विभिन्न बिषय लिएर अध्यान गर्ने बिधार्थिका लागि शैक्षिक क्षेत्र समेत भएको छ जसले गर्दा टाढा टाढाबाट शैक्षिक भ्रमणमा समेत आउने गरेका छन् यस्तै शुभ कार्य विवाह ब्रतबन्ध पार्टि तथा बनभोज समेत गर्न सकिने गरि बिकास समेत गरिएको छ,त्यसैले सबैलाई सधै हार्दिक स्वागत गर्दछौ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।