पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-४ : इलाम अडिसनको दोश्रो भिडियो सार्वजनिक (भिडियो सहित)
धनकुटा । पूर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को इलाम अडिसनको दोश्रो भाग भिडियो सार्वजनिक गरिएको छ । अघिल्लो हप्ता भाग १ सार्वजनिक भएको थियो ।
टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को पहिलो अडिसन इलाममा सम्पन्न भएको थियो । गत बैसाख ५ मा उक्त अडिसन सम्पन्न भएको हो ।
इलामको फिक्कल नमुना माध्यामिक विद्यालयमा भएको प्रतियोगितामा ८३ जना सहभागि मध्ये नृत्य तर्फ १८ जना र गायन तर्फ २८ जना दोसो चरणमा प्रबेश गरेका थिए ।
इलामको कार्यक्रको संयोजन पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ३ बिजेता प्रविन विसी र संचारकर्मी विवेक घिमिरेले गरेका हुन भने गायन तर्फको निर्णयकमा लेखु विवस र प्रविन विसी रहेका थिए भने नृत्य तर्फको निर्णयक सुमनयोगीले गरेका हुन ।
डिबी लिम्बु र प्रनेश राई(यात्री ब्रोज) ले छायॉंकन गरेको यस अडिसनलाई चासुंग युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ, हेर्नुहोस् भिडियो


