बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध मु,द्दा दर्ता

डोटी,बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालकविरुद्ध मु,द्दा दर्ता गरिएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको बन्दाबन्दीको अवज्ञा गरी यात्रु बोकेको भन्दै यहाँस्थित प्रहरीले दुईवटा जीप तथा चालकलाई नियन्त्रणमा लिई कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार यात्रु बोकेर अछामबाट कैलालीतर्फ जाँदै गरेका से१ज १०४७ र बा१३च ३३७१ नंको जीप र चालकलाई दिपायलबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका ती जीप तथा चालकलाई सङ्क्रामक रोग ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयका मुद्दाफाँटका प्रमुख तथा प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो ।

बन्दाबन्दीको समयमा यात्रु बोकेको आरोपमा मुद्दा दर्ता भएको जिल्लामा पहिलोपटक हो । –

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।