राष्ट्र, राष्ट्रियता र नागरिक, राज्य, बहुल-राज्य-राष्ट्र, बहुल-राष्ट्रिय-राज्य के के हुन्? – विक्रम सुब्बा

राष्ट्रियता (Nationality) भनेको खासमा ‘जातियता’ हो । जस्तैः नेवार, राई, लिम्बु, गुरुङ, मगर, शेर्पा, तामाङ, थारु आदि राष्ट्रियता (Nationality) हो भने ‘नेपाली’ चाहीँ नागरिकता (Citizen) हो ।

(नोटः यसबारे बुझ्न पहिले ‘राष्ट्र(Nation)’ भनेको के हो? ‘राष्ट्रियता (Nationality) र नागरिकता (Citizen)’ भनेको के हो? ‘राज्य (State)’ भनेको के हो? ‘बहुल-राज्य-राष्ट्र (Multi-state-Nation)’ भनेको के हो? र ‘बहुल-राष्ट्रिय-राज्य (Multi-Nation-state)’ भनेको के हो? भन्ने कुरा बुझौँ उदाहरण सहित बुझौँ)

क) राष्ट्र (Nation): राष्ट्र (Nation) भनेको एउटै संस्कृति र सम्पदा, विश्वास भएका र एउटै कुनै निश्चित मातृभूमि भएकाहरूको एउटा समुह हो । (जस्तैः साउदी अरब, उत्तर आयरलेण्ड, वेल्श, स्कटलेण्ड, आदि जहाँको समुदाय एउटै जाति, धर्म, सँस्कृति मान्छ, एउटै भाषा बोल्छ र कुनै एक भूभागलाई आफ्नो मातृभूमि मान्छ ।)

ख) राष्ट्रियता र नागरिक (Nationality and Citizen): राष्ट्रियता (Nationality) भनेको खासमा ‘जातियता’ हो । जस्तैः नेवार, राई, लिम्बु, गुरुङ, मगर, शेर्पा, तामाङ, थारु आदि राष्ट्रियता (Nationality) हो भने ‘नेपाली’ चाहीँ नागरिकता (Citizen) हो । (नोटः नेपालमा यही Nationality र Citizen एउटै हो भन्ने अर्थ्याएर हैरान गडवडको राजनीति गरिरहेकाछन् । तेसैले, अब देखि Nationality मा आफ्नो जात लेख्ने र Citizen मा ‘नेपाली’ गरे प्रष्ट हुन्छ ।) उदाहरणको निम्ती एक शेर्पा या तामाङ या गुरुङ (नेपाल त्यागेर) अमेरिका बसैँ सरेर गएपनि उसको राष्ट्रियता (Nationality) शेर्पा या तामाङ या गुरुङ नै रहन्छ, तर उसको नागरिकता (Citizenship) चाहीँ अमेरिकन हुन्छ ।

ग) राज्य (State): राज्य (State) भनेको एउटा औपचारिक (संबिधान र ऐन कानुनले तोके अनुसार) राजनैतिक इकाई हो जहाँ एउटा सरकारले तोकिए बमोजिम प्रशासन सन्चालन गर्छ । (जस्तैः अमेरिकाको क्यालिफिर्नीया, वाशिंटन डीसी राज्य (State) हुन । तेस्तै, भारतको कर्नाटक, मध्य प्रदेश, आदि पनि राज्य (State) हुन । यिनीहरूलाई फरक राज्य भन्नुको आधार यी सबैको फरकफरक भाषा‍-सँस्कृति-भूगोल र सरकार छन् ।)

घ) बहुल-राज्य-राष्ट्र (Multi-state Nation): बहुल-राज्य-राष्ट्र (Multi-state-Nation) भनेको अनेक फरकफरक राज्यहरू मिलेर बनेको राष्ट्र (Nation) हो । (जस्तैः सोभियत संघ (पहिले) र अहिले (केही हद सम्म) भारत जुन फरकफरक राज्यहरू जुटेर बनेको छ । भारतलाई अहिले पनि आधिकारिक रुपमा Union Government of India, अर्थात संघीय भारत सरकार’ नै भनिन्छ र केन्द्रीय मन्त्रीमण्डललाई Union Ministry तथा केन्द्रको मन्त्रीलाई Union Minister नै भनिन्छ । किन यस्तो भएको हो? किनभने भारत खासमा बृटिश कालमा ५६५ फरकफरक राजाहरूको राज्य (Princely states) थिए जसलाई बृटिश शासन पछि एउटै संघ (Union) मा ल्याइयो-गाभियो तेसैले आधिकारिक रुपमा अहिले पनि भारत फरकफरक States हरू मिलेर बनेको बहुल-राज्य-राष्ट्र (Multi-state-Nation) हो । यहाँ हरेक States का आफ्नै फरक भाषा, सँस्कृति, आफ्नो मातृभूमि र सो State सन्चालन गर्ने आफ्नै सरकार छन् । )

ङ) बहुल-राष्ट्रिय-राज्य (Multi-nation State): बहुल-राष्ट्रिय-राज्य (Multi-nation State) भनेको बिभिन्न राष्ट्रियता (Nationalities) हरूलाई मिलाएर बनेको राज्य (State) हो । अमेरिकालाई यसको उदाहरण लिईन्छ । किनभने अमेरिकामा एक राज्यमा बहुल-राष्ट्रियता पनि छन् । अमेरिका जुनबेला United States बन्यो त्यो बेलादेखि नै Native American (Red Indian, Alaskan आदि) हरूका निम्ती विशेष संरक्षण (Reservation) दिने सम्झौता (Agreement) गरेर मात्र अमेरिकामा बिलय गराईएको हो । विशेष संरक्षणमा निम्न सुबिधा दिने कुरा सम्झौतामा छन्ः क) सरकारले निशुल्क घर बनाइदिने, ख) आफ्नै भाषामा समेत निशुल्क शिक्षाको प्रवन्ध गरिदिने । जस अनुसार Native Americans को निम्ती ३३ कलेजहरू, २१६ स्कूलहरू सरकारले खोलिदिएको छ भने ४७००० Native American विद्यार्थीहरुका निम्ती निशुल्क होस्टल पनि सन्चालन गरिदिएको छ, ग) Native American हरुलाई Casino सन्चालन गर्न विशेष अधिकार दिएको छ, घ) Native American हरुलाई कतिपय (कम आय भएकाहरूको हकमा) करहरू छुट दिएको छ, ङ) Native American हरुका निम्ती सहुलियत दरमा (खानाको निम्ती) अन्न पाउँने व्यवस्था गरिदिएको छ, च) बृध्द, अशक्त, भेटरानहरू, अपांग, असहायलाई महिनावारी भत्ता पनि कानुनी व्यवस्था छ । यसरी आदिबासीहरुको अधिकार सुरक्षित गरेर अमेरिकामा रैथाने जाति (Nations) लाई समेत समाबेश (जस्तैः क्यालीफोर्नीया State लाई लिउँ) गरिएकोलाई बहु-राष्ट्र-राज्य (Multi-nation-state) भनियो ।

केही देशहरू हेरौँः
१) यूरोप महादेशमा ५० देश (४४ सार्वभौम देश) छन् भने जनसंख्या ७४ करोड भन्दा बढी छ । यूरोपमा २४ भाषाहरू सरकारी कामकाजका भाषा छन भने अझै पनि बिभिन्न २०० भाषाहरू बोलिन्छन् । तेस्तै, युरोपमा १६० राष्ट्रियता (Nationality) भएका मानव समुहहरु रहेका छन् । यूरोपका यी सबै राष्ट्रियता (Nationality) का मानव समुहहरूले आफ्नो पहिचान र राष्ट्रियता (Natonality) कायमै राखेकाछन् । यसरी यूरोप एक बहुल राष्ट्रियता (Nationality) कायम भएको संघ (Union) हो, त्यसैले यसको नामै European Union (EU) रहेको छ । यहाँ कसैको राष्ट्रियता (Nationality) को सम्मान नभएको महसुस भए European Union (EU) मा बसिरहन बाध्यता छैन । यसको ताजा उदाहरण बेलायत Brexit गरेर EU बाट बाहिर निस्किएकोलाई मानिन्छ भने अझै केही देशहरू EU मा नबस्ने हो कि? भनेर सोच्न थालेकाछन् भनिन्छ ।

२) अमेरिकामा सरकारले नै अनुसूचित गरेका राष्ट्रियता (Nationality) हरू: क) यूरोपियन अमेरिकन, ख) अफ्रिकन अमेरिकन, ग) एशीयन अमेरिकन, घ) नेटिव (रेड ईण्डियन) अमेरिकन, ङ) अलास्का-नेटिव अमेरिकन, च) हवाईयन नेटिव अमेरिकन, छ) अन्य पेसिफिक आईलेन्डर अमेरिकन रहेकाछन् । ३३ करोड ११ लाख हाराहारीको जनसंख्या भएको अमेरिकामा २३ करोडले अंग्रेजी भाषा बोल्छन भने ४ करोड १५ लाखले स्पेनिस बोल्छन्, ३५ लाखले मातृभाषा चिनीया भाषा बोल्छन् । तेस्तै, फ्रेन्च (२१ लाख), तागालग-फिलिपिनी (१८ लाख), भियतनामी (१६ लाख), जर्मन (१५ लाख), कोरीयन (११ लाख) भाषाहरू पनि प्रमुख भाषाका रुपमा रहेकाछन् । स-साना सबै राष्ट्रियता (Nationality) का जातिहरूको समेत गर्दा ३५० भाषा बोलिन्छन् भनिन्छ । Sign language समेत पनि अमेरिकामा फरक फरक छन् । जस्तैः Black American Sign language, Bolivian Sign language, Burundian Sign language, Costarican Sign language, Ghanian Sign language, Nigerian Sign language, Francophone African Sign language, Quebec Sign language, etc.यसरी,अमेरिकामा ५० राज्य (States) हरुका फरकफरक राष्ट्रियता (Nationality) हरूलाई स-सम्मान स्वीकार गरिएकोले एक ठाउँ सबेका हुन् । यदि ती अनेक राष्ट्रियता (Nationality) हरुलाई स-सम्मान स्वीकार नगर्ने हो भने हवाई, अलास्का, क्यालिफोर्नीया, टेक्सास, आदि आदि राज्य (State) हरू पनि Brexit जस्तै आफ्नो बाटो लाग्ने’ भनेर बेला बेला आवाज उठाईरहेछन् ।

३) स्विट्जरलेण्डमा राष्ट्रियता (Nationality) भनेरै तथ्यांक राख्छ । जस्तैः Nationals: German 62.6%, French 22.9%, Italian 8.2%, Romansh 0.5%.आदि । भाषा पनि: क) स्वीस जर्मन भाषा, ख) स्वीस मानक भाषा, ग) स्वीस फ्रेन्च भाषा, घ) स्वीस ईटालीयन भाषा, ङ) फ्रान्को प्रोभान्चाल भाषा, च) लोम्बार्ड भाषा, र छ) वाल्शर जर्मन भाषा भनेर मान्यता दिएको छ भने सरकारी कागजातहरू (जस्तैः संबिधान, ऐन-कानुन, नियम तथा निर्देशिका, पाठ्य पुस्तकहरू आदि) फरक फरक ४ सरकारी कामकाजी भाषा (जर्मन, फ्रेन्च, ईटालीयन र रोमान्स) भाषामा अनिवार्य रुपमा छापिनु पर्छ । Sign language पनि ३ वटा फरकफरक रहेकाछन् । जस्तैः Swiss-German Sign Language (Deutschschweizer Gebärdensprache, DSGS), French Sign Language (Langue des Signes Française, LSF), Italian Sign Language (Lingua dei Segni Italiana, LIS) आदि । यसरी, स्वीट्जरलेण्डका सबै राष्ट्रियता (Nationality) हरूलाई स-सम्मान संबैधानिक रुपमा स्वीकार गरिएकोले नै स्वीट्जरलेण्ड फरकफरक राष्ट्रियता (Nationality) हरूबाट एउटा मजबुत राष्ट्र (Nation) को निर्माण भएको छ ।

४) भारतमा १९ हजार ५०० भाषा बोलिन्छन् । जसमध्ये १२१ वटा भाषा १० हजारभन्दा बढी बक्ताले बोल्छन् । तेस्तै, सरकारी कामकाजी भाषाका रुपमा अनुसूचित भाषाहरु: १) असमी (आस्सामको सरकारी कामकाजी भाषा), २) बंगाली (बंगाल, त्रिपुरा, झारखण्डको सरकारी कामकाजी भाषा), ३) बोडो (आसामको दोस्रो सरकारी कामकाजी भाषा), ४) डोग्री (जम्मु-काश्मीरको सरकारी कामकाजी भाषा), ५) गुजराती (दर्द‍-नगर हवेली, दमन-द्यू, गुजरात र महाराष्ट्रको कामकाजी भाषा), ६) हिन्दी (अन्दमान निकोबार, बिहार, दर्द-नगर हवेली, दमन-द्यू, छत्तिसगढ, दिल्ली, गुजरात, हरयाणा, हिमाचल प्रदेश, जम्मु-काश्मीर, झारखण्ड, लद्दाख, मध्य प्रदेश, मिजोरम, राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल आदि को कामकाजी भाषा), ७) कन्नड (कर्नाटकको सरकारी कामकाजी भाषा), ८) काश्मिरी (जम्मु-काश्मीरको कमकाजी भाषा), ९) कोनकोनी (दर्द-नगर हवेली, दमन-द्यू, र गोवाको कामकाजी भाषा), १०) मैथिली (झारखण्डको कामकाजी भाषा), ११) मलायलम (केरला, लक्षदीप, पुडुचरीको कामकाजी भाषा), १२) मनीपुरी (पनीपुरको कामकाजी भाषा), १३) मराठी (दर्द-नगर हवेली, दमन-द्यू, गोवा र महाराष्ट्रको कामकाजी भाषा), १४) नेपाली (सिक्किम र पश्चिम बंगाल-दार्जिलिङ-कालिम्पोङको कामकाजी भाषा), १५ उडीया (उडीसा, झारखण्ड, पश्चिम बंगालको कामकाजी भाषा), १६) पञ्जावी (दिल्ली, हरयाणा, पञ्जाब, पश्चिम बंगालको कामकाजि भाषा), १७) संस्कृत (हिमाचल प्रदेश, उत्तराखण्डको भाषा), १८) सन्थाली (झारखण्डको कामकाजी भाषा), १९) सिन्धी, २०) तमील (तामिलनाडू, पुडुचेरिको कामकाजी भाषा), २१) तेलुगु (आन्ध्र प्रदेश, तेलांगाना, पुडुचेरिको कामकाजी भाषा), २२) उर्दु (बिहार, देिल्ली, जम्मु काश्मीर, झारखण्ड, तेलांगाना, उत्तर प्रदेश, पश्चिम बंगालको कामकाजी भाषा) । Sign language माः 1) IndoPakistani Sign language, 2) Alipur Sign language, 3) Naga Sign language, आदि सरकारी मान्यता प्राप्त छन् । यदि उल्लेखित अनेक राष्ट्रियता (Nationality) हरुलाई भारतको संबिधानले स्वीकार नगर्ने हो भने भारतका अनेक राज्य (States) हरू Brexit जस्तै आफ्नो बाटो लाग्नेछन् ।

५) सिंगापुरको राष्ट्रीय भाषा ‘मले’ भाषा हो भने कामकाजी भाषामा क) मले, ख) अंग्रेजी, ग) मेण्डरीन चाइनिज, घ) तमील ४ वटै भाषाहरू रहेकाछन् । सिंगापुरमा पनि ४ फरक राष्ट्रियता (Nationality) हरुलाई स्वीकार गरेर सुरु देखि नै स-सम्मान लीक्वान यू ले समेट्ने काम नगरेको भए बलिया राष्ट्रियता (Nationality) हरू सहित विकसित राष्ट्र (Nation) को रुपमा सिंगापुर बन्ने थिएन भनेर धेरैले भन्दै आएकाछन् र सिंगापुरलाई फरकफरक राष्ट्रियता (Nationality) हरुलाई सम्मान गरेर एकताको सुत्रमा बाँधिएको बलियो राष्ट्रको नमुना मानिन्छ । यहाँका मले, चिनीया, र तमीलहरू बलियो सदभावनापूर्ण राष्ट्रियता (Nationality) सहितको राष्ट्र (Nation), सिंगापुर भएकोमा गौरव गर्छन् ।

नोटः यी उल्लेखित Sample (१ महादेश र ४ देश) हरुको फरकफरक भाषा बोल्ने फरकफरक राष्ट्रियता (Nationality) का मानव समुह हुन् । तत्त महादेश र देशहरुले ती फरकफरक राष्ट्रियता (जातजाति) हरूको भाषाहरूलाई कामकाजी भाषाको रुपमा संबैधानिक रुपमै स्वीकार गरेर ती राष्ट्रियता (Nationality) हरुको अस्तित्वलाई स्वीकार गरेकोले प्रकारान्तरले एउटै राष्ट्रिय भावना पनि विकास हुन सकेको देखिन्छ । तर नेपालमा लिम्बु राष्ट्रियता (Nationality), राई राष्ट्रियता (Nationality), थारु राष्ट्रीयता, मैथील राष्ट्रियता (Nationality), नेवार राष्ट्रियता (Nationality), गुरुङ राष्ट्रियता (Nationality), मगर राष्ट्रियता (Nationality), खस-आर्य राष्ट्रियता (Nationality), आदि आदि विद्यमान रहेका छन, यो त ढुंगा जस्तै शसक्त यथार्थ हो । तर यो यथार्थलाई खस-आर्य शासकहरूले स्वीकार नगरी आफ्नै (आर्य) एकल राष्ट्रियता (Nationality) लाई नै सबैमा लाद्ने काम गर्दै आइरहेको छ । परिणाम स्वरुप अन्य राष्ट्रियता (Nationality) हरूमा यो देश मेरो पनि हो भन्ने सिंगो राष्ट्रको भावना जागेको छैन । यसरी हरेक राष्ट्रियता (Nationality) हरूको सम्मान नगरी एक राष्ट्रको भावना जाग्दैन र प्रकारान्तरले बलियो एकताको भावना जाग्दैन । सबैमा बलियो एकताको भावना नजागेका नागरिकहरु मुलुकको विकासमा उदासीन रहन्छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।