निशालाई राष्ट्रिय संगीतकर्मी संघको आर्थिक सहयोग अभियान

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु गरेको छ । संघले बिहिबार काठमाडौंको थापाथली स्थित नर्भिक अस्पताल पुगेर आर्थिक सहयोग प्रदान गरेको छ ।

संघका तर्फबाट अध्यक्ष राजेन्द्र कार्की, महासचिब बिक्रम जँग शाह सहित सरिता भारती, दीपेन्द्र तिमिल्सिनालगायतका कलाकारले निशाका बुबा प्रेमप्रसाद घिमिरेलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

संघको बिपत व्यबस्थापन समितिका संयोजक समेत रहेका संघका महासचिब शाहले निशा घिमिरे सो संघकी सदस्य रहेको बताए । सोही कारण निशाको उपचारको खर्च सँकलनका लागि आफुहरुले पहल सुरु गरेको शाहले बताएका छन् । संघले आफ्नो सदस्यहरुलाई आपत पर्दा बिगतमा पनि आर्थिक सहयोग प्रदान गर्दै आएको पनि शाहले जानकारी गराए ।

निशालाई आर्थिक सहयोग गर्न समिति नै गठन गरिएको जानकारी गराउँदै महासचिब शाहले भने,‘४ हजार भन्दा बढी सदस्य रहेको हाम्रो संघको ७४ जिल्लामा शाखा रहेको छ । ती शाखाहरुबाट के कती सकिन्छ, निशाको उपचार र उपचारको क्रममा बिगतमा परिवारलाई परेको ऋणभारलाई कम गर्न पनि हामीले आर्थिक सँकलन पहल सुरु गरेका हौं ।’ यसै गरी दुई वर्ष अघि पनि निशालाई आफुहरुले ट्रमा सेन्टर पुगेर उपचारका लागि आर्थिक सहयोग गरेको पनि शाहले स्मरण गराए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।