बा,ढी,पी,डि,त करीब ४० घरपरिवारलाई राहत वितरण

सिन्धुपाल्चोक, हाम्रो जन्मभूमि संस्था र मानव सेवाको सहयात्री संस्थाले संयुक्त रुपमा हेलम्बुका बा,ढी,पी,डित करीब ४० घरपरिवारलाई राहत वितरण गरेको छ ।

यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भी,षण प,हिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा क्षति पु¥याएको थियो । हाल उक्त क्षेत्रमा देश तथा विदेशमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थाद्वारा सहयोग गर्ने क्रमजारी छ ।

हेलम्बु –७ को चनौटे बजारलगायत आसपासका ती घरपरिवारलाई एक बोरा चामल, दुई लिटर तेल, दुई केजी दाल, दुई केजी चिनी, १५ केजी चिउरा, नुन, तेल, चियापत्ती, साबुनलगायत विभिन्न सामग्री वितरण गरिएको थियो ।

उक्त संस्थाका उपाध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले गाउँका स्थानीय जनप्रतिनिधि वडा सदस्य जीतबहादुर तामाङ कार्यपालिका सदस्य लक्ष्मी सुनुवार स्थानीय स्वयम्सेवक सोम तामाङ र प्रहरीको रोहवरमा बा,ढी,पी,डित परिवारलाई राहत वितरण गरिएको थियो ।

उक्त सामग्री वितरण कार्यक्रममा हाम्रो जन्मभूमिका संस्थाका सचिव सुमन श्रेष्ठ, सञ्चालक समितिका सदस्य नारायण श्रेष्ठका साथै संस्थाका सल्लाहाकार तथा फोटोपत्रकार सागर श्रेष्ठको सहाभागिता रहेको थियो ।

करीब दुई लाख बराबरको रकमको राहत सामग्री वितरण गरिएको थियो । सहयात्री संस्था सिन्धुपाल्चोकमा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो । देशैभरि रहेका विभिन्न समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आइरहेको छ ।

छोटो समयमा नै उक्त संस्थाको सामाजिक कार्य देखेर स्वदेश तथा विदेशमा रहेका नेपालीको मायाका साथ र आर्थिक सहयोग आउने क्रम जारी छ । आगामी दिनमा दीनदुःखीहरुका सेवामा अग्रस्थानमा रहेर काम गर्ने सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।