अस्पतालको बन्द रहेको ओपिडी सेवा पुनः सञ्चालन

डोटी,जिल्ला अस्पतालको बन्द रहेको ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ । दोस्रो चरणको कोरोना भाइरसका कारण कम्तीमा पनि तीन महिनादेखि बन्द रहेको उक्त सेवा अहिले जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएपछि आजबाट पुन ः सञ्चालनमा आएको अस्पतालले जनाएको छ।

अस्पतालले ओपिडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको भीड लाग्ने गरेको बताइएको छ । ओपिडी सेवा बन्द भएपछि जिल्ला अस्पतालमा सामान्य रोगका बिरामी उपचारका लागि आउन छाडेका थिए ।

नयाँ भेरियन्टसहितको कोरोना म,हा,मा,रीको दोस्रो लहरका कारण बन्द रहेको अस्पतालको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा ल्याएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पुनः सञ्चालनमा आएको ओपिडी सेवा साविक बमोजिम सञ्चालन हुनेछ । जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर बढ्दै गएपछि गत वैशाखबाट अस्पतालको ओपिडी सेवा बन्द भएको थियो ।

कोरोना सङ्क्रमित बढ्दै गएका कारण उनीहरुलाई राख्ने ठाउँ नभएको र ओपिडी सुचारु गरे कोरोना सर्ने डरले केही महिना सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीले बताउनुभयो । जिल्लामा कोरोना सङ्क्रमणका कारण हाल सम्म ११ व्यक्तिको ज्यान गएको छ भने एक हजार २०० भन्दा बढी सङ्क्रमित भएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।