संसदीय निर्वाचन भन्दा फरक ढङ्गले अबको स्थानीय निर्वाचनमा जनताको सहभागीता,मतदान रहनु पर्छ

वीरबल खड्का,धनकुटा । देश सन्चालन को लागी चाहिने नीती, नियम, कानुन बनाउने अधिकार स्थानीय पालिकालाई हुँदैन त्यहाँ कुनै दल को घोषणा पत्र हेरेर भोट दिनु यसको कुनै औचित्य छैन । त्यसैले गर्दा अबको स्थानीय जनप्रतिनिधी छनौटमा स्थानीय स्तरको सक्षम र काम गर्न सक्ने जानेको बुझेको स्थानीय पालिकामा परिचित उम्मेदवारलाई छान्नु पर्ने आवश्यकता भएको कुरा धेरै ठाउका स्थानिय जनप्रतिनिधि वर्तमान कार्यशैलि आफैले पुष्टि गरेका छन् राजनीतिक दलमा आस्था बिचार राखेकै भरमा पार्टीले सिफारिस गर्ने जस्तासुकै अयोग्य व्यक्तिलाई भोट हाल्ने जिताउने गल्ति गर्नु हुदैन्न साथै क्षेणिक आफ्नो लाभमा भोट साट्ने गल्ति कोहि कसैले पनि नगर्न नगराउन सबैलाई अभिप्रेरित गर्नु पर्छ।

अबको स्थानीय निर्वाचनमा राजनीतिक दल हेरेर हैन योग्य र सक्षम उम्मेदवार हेरेर मतदान गर्नु पर्छ हाम्रा लाई हैन राम्रालाई नेतृत्व भन्ने संकल्प गर्नु पर्छ मतदान गर्दा उम्मेदवार छनौट दलगत तिरकाले हेर्ने हैन व्यक्तिगत सक्षमता र योग्यता प्रमुख राखीनु पर्छ। उम्मेदवारलाई राजनीतिक रुपमा फरक दलमा आस्था राखेकै भरमा तपाईं हामीले मतदान बाट बञ्चित गराउनु हुदैन्न राजनीतिक दलबाट प्रभाबित भएर स्थानीय स्तरमा काम गर्न सक्ने योग्य र सक्षम असल बिचार र सुसासनको पक्षधरमान्छेलाई बाईपास गरेर दलगत ढङ्गबाट आएका जस्ता सुकै उम्मेदवारलाई भोट हालेर जिताउनाले गर्दानै धेरै पलिकाहरुमा चरम भ्रष्टाचार अनियमितता,नातावाद र राजनीतिक दलको अखडा बनाउदै लगिएको छ।

देशको शासन व्यवस्थामा तीन तहको राज्य संरचना वाट सञ्चालित अवस्थामा हामीले हाम्रो स्थानीय जनप्रतिनिधि छनौटमा अब धेरै कुरा विश्लेषण गर्दै हामीले पार्टी भन्दा पनि ब्यक्ती र स्थानीय स्तरको सक्षम नेतृत्व लाई मान्याता दिने नीति लिनु पर्छ ताकी पछिल्लो राजनीतिक घटना क्रम स्थानीय तहको कार्यसम्पादन र देशमा भएका धेरै स्थानीय तह स्थानीय जनताको बिकास र समृद्धि भन्दा पनि स्थानीय तहलाई आफ्नो मातहतबाट मनलाग्दी सञ्चालन गर्ने आवश्यकता र औचित्य भन्दा पनि आफु केन्द्रीत राजनीति गर्ने जथाभावी नियुक्ति देखि बिज्ञ्यता र अध्यान बिना प्रकृतिक स्रोत र साधनको दुरुपयोग पर्यावरणीय क्षेति गर्न काम पनि भएका धेरै उदाहरण छन देशको ठुलो धन राशी सिध्याईएको छ साथै भ्रष्टाचार मौलाएको छ राजनैतिक दलले जबर्जस्त लादिएका व्यक्तिलाई दलमा आस्था भएका धेरै नेता कार्यकर्ताले ठाऊ र परिस्थिति अनुकुल उम्मेदवार नभए पनि मत हालेर बिजय बनाउनले आज स्थानीय निकायमा दुरदर्शि नेतृत्वको आवश्यकता खडकिएको छ त्यसैले गर्दा अनियमिता बढेको छ जवाफदेहीता नभएको महसुस भएको छ।

अबका सचेत जनताले राजनीतिक दलका आस्था र बिचारकोलाई कसरी अगाडी बढाई राखेका छन दलको नीति कार्यक्रम माथीको केन्द्रीय नेतृत्वलाई हेरेर स्थानीय स्तरमा फैसाला गर्दा निकै सोजबुझका साथ अगाडी बढ्नु पर्छ ताकी नीति कार्यक्रमलाई गलत तरिकाले अगाडी बढाउने पार्टी नेतृत्वको दम्भले स्थानीय स्तरमा मन लाग्दि गर्ने गरेका धेरै उदाहरण हामीसग छन अब पार्टी होइन, स्थानीय निर्वाचनमा व्यक्तिको परिचय र योजना हरेर भोट दिनु र जिताउनु कर्तव्य हो , तर कुनै अमुक पार्टीको चुनाव चिन्हमै तरङगित भै दिदा नजर कमजोर पनि भएको छ सन्तुलित बिकास भएकाको छैन कतिपय चिन्तन स्थानीय परिबेश र धार्मिक तथा जातिय गठबन्धन भएर सिंगो समाजलाई ध्वस्त बनाउने काम धेरै ठाउमा भएको छ तसर्थ अब स्थानीय राजनीतिमा
एकल ब्यक्ति कति लोकप्रिय छ भन्ने कुराको मापन पनि हुनेछ र सिंगो समाजले बिश्वास गर्ने नेतृत्व स्थापित गर्न गराउन सबै लाग्नु पर्छ।

देसको व्यबस्थापकिय संरचनाअनुसार यसरी स्थानीय स्तरमा योग्य र सक्षम प्रतिनिधी जन्माउदै गर्दा स्थानीय पालिका भित्रका सम्पुर्ण क्रियाकलापहरु दलगत बहुमत अल्पमतको राजनैतिक दलको प्रदेश तथा संघको नेतृत्वले कुनै कुरामा हस्तक्षेप गर्न सक्ने गरिको कानुन र नियम राखीनु हुदैन् त्यसैले गर्दा अब स्थानीपालिका सञ्चालन गर्ने सम्पुर्ण अधिकार स्थानीय पालिकालाईनै दिनु पर्छ र नेतृत्व छनौटमा दलको उम्मेदवार हैन सक्षम उम्मेदवार छान्नु पर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖