अ,विरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डु,वानमा

वीरगञ्ज, मङ्गलवार रातिदेखि परेको अ,विरल व,र्षाका कारण पर्साका दर्जनौं बस्ती डु,वानमा परेका छन् ।असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डु,वानमा परेको हो । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ ।

प्लाष्टिकजन्य फो,होरहरु सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको छ । अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन् । नदी र खोलाको बा,ढीले केही स्थानमा खेतीयोग्य जमीनसमेत कटान गरेको छ ।

वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रम्हानगर, नयाँवस्ती, निर्मलबस्ती, मिलन चौक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चौक, सुन्दर टोल, टयाङ्ग्रेलाइनलगायत बस्तीहरु डुवानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

यसैगरी हालसालै निर्माण भएको हुलाकी सडक भन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती डुवानमा परेको भएपनि कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक ब्रहमदेव साहले राससलाई बताउनुभयो । उहाँले बाढी पहिरोको जोखिममा रहेका बस्तीहरुमा सुरक्षाकर्मीहरुले तदारुकताका साथ खटिने गरेकाले अहिलेसम्म कुनै पनि मानवीय क्षतिको घटना हुन नसकेको बताउनुभयो ।

लगातारको अविरल वर्षाका कारण ओरिया खोलामा आएको बा,ढीले वीरगञ्ज ठोरी हुलाकी सडकखण्डको गोपी बस्ती नजिकै सडकलाई क्षति पु¥याएको छ । हुलाकी सडक जोगाउन निर्माण गरिएको तटबन्ध बाढीले भत्काएकाले सो क्ष,ति हुन गएको हो । सो खोलाको बा,ढीले ठोरी गाउँपालिका—१ देखि ४ सम्ममा क्षति पु¥याएको छ भने सडक सम्पर्क विच्छेद भएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या परेको स्थानीयवासी सञ्जय कुमारको भनाइ छ ।

यसैगरी धोबिनी गाउँपालिकाको हरिहरपुर, बखरी, लङ्गडी, आसवारी, जगरनाथपुर गाउँपालिकाको मधुबासा, झाखरा, मसियानी, छिपहरमाई गाउँपालिकाको भिस्वा, जयमङ्गलपुर, झलमैहिया, मिर्जापुर, बघमरी, टिहुकी, बुडगाई, भुलुवाहीलगायत दर्जनौं गाउँ डुवानमा परेको छ भने त्यहाँका स्थानीयवासीलाई एक गाउँवाट अर्को गाउँसम्म जान समस्या परेको छ ।

यसैगरी बा,ढीका कारण पर्साको जीराभवानी गाउँपालिका—१ पिपराका दर्जनौ घर डुवानमा परेका छन् । अ,विरल वर्षाका कारण लाटेगाँडा खोलामा आएको बा,ढी गाउँमा पस्दा स्थानीयवासी शङ्कर दास, किशुन महतो, जङ्गाली राय, खिचड़ी महतो, शिवशङ्कर दासलगायत १६ जनाको घर डुवानमा परेको हो । पानीले स्थानीयवासी राजकुमार दास, ब्रहमदेव दास, सनोज दास र महेन्द्र शर्माको फुसको घर भत्किएको इलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ । बाढीबाट पीडित भएकाले स्थानीय सरकार तथा जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गर्नुपर्ने माग गरेका छन् ।

सावधानी अपनाउन स्थानीय प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय पर्साले मङ्लबारदेखि लगातार वर्षा भइरहेकाले बा,ढी आउने र डु,वानको समस्या भएका स्थानका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । डुवान र बाढीको जोखिमलाई मध्यनजर गर्दै जिल्ला वि,पद् व्यवस्थापन समिति पूर्व तयारीमा जुटिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।