बा,ढीले बगाउँदा अ,वरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा

नवलपुर, पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बा,ढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि आज बिहान ९ बजेदेखि सवारीसाधन एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबार बिहान आएको बा,ढीले गैँडाकोटको थुम्सीदेखि मुकुन्दपुरसम्मका चार वटा डाइभर्सन बगाएको थियो । बगेको डाइभर्सनमध्ये तीन स्थानमा पुरानै डाइभर्सन मर्मत गरिएको भए पनि गैँडाकोट–१० को २३ स्मृति पुलमा नयाँ ठाउँबाट डाइभर्सन बनाएर एकतर्फी सवारीसाधन सञ्चालन गराइएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो । बिहीबार बिहान १०ः३० बाट अवरुद्ध सडक साँझ मोटरसाइकल सञ्चालन गर्ने गरी डाइभर्सन गरिएको भए पनि केहीबेरमै पुनः अवरुद्ध बनेको थियो ।

सडक विस्तारका क्रममा पुराना पुल भ,त्काएर नयाँ ठूला पक्की पुल बनाउनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट क्षेत्रमा सात वडा डाइभर्सन निर्माण गरिएका थिए । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नारायणगढ बुटवल सडक विस्तार आयोजना मिलेर २३ स्मृति पुलको दक्षिणतर्फ अस्थायी डाइभर्सन बनाई एकतर्फी रुपमा सवारी सञ्चालनमा ल्याइएको खनालले बताउनुभयो । पुलको उत्तरतर्फ रहेको पुरानो डाइभर्सनलाई मर्मत गरेपछि मात्रै दुईतर्फी सवारीसाधन सञ्चालन गराउन सकिने उहाँको भनाइ छ ।

नयाँ डाइभर्सन बनाएर एकतर्फी सवारीसाधन सञ्चालन गराइएपछि एम्बुलेन्स र साना सवारीसाधनलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा आएपछि सडकमा सवारीसाधनको चाप विस्तार घट्दै गएको छ । सडक अवरुद्ध हुँदा नवलपुर हुँदै पश्चिम जाने सवारीसाधन गैँडाकोट र पूर्वतर्फ जाने सवारीसाधन डण्डामा नै रोकिएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖