झापामा अ,त्यधिक व,र्षा

झापा,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले झापाका नदीहरुमा आज बा,ढी आउने पूर्वानुमान गर्दै नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरेको छ ।विभागले आज बिहान जारी गरेको सतर्कता सूचनामा इलाम र झापाको धेरै स्थानमा निरन्तर भारी वर्षा भइरहेको जनाउँदै नदी आसपासमा आउन सक्ने बाढीबाट सतर्क रहन चेतावनी दिएको हो ।

मेची, कनकाई, बिरिङ, निन्दा र रतुवा नदीमा बा,ढीको सम्भावना रहेको विभागले जनाएको छ। नदी आसपासमा बा,ढी आउने र होचा स्थानमा डुबान हुन सक्ने बताइएको छ ।भद्रपुरको चन्द्रगढी विमानस्थलस्थित वर्षा मापन उपकरणले झापामा २४ घण्टामा ११६ दशमलब ६ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको छ ।

यसैगरी सोही अवधिमा इलामको सोक्तिम टी इस्टेटमा ५५ दशमलब ८ मिलिमिटर र माइपोखरीमा ५० दशमलव २ मिलिमिटर र कन्याम टी इस्टेटमा ५० मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

झापामा सबैभन्दा बढी बा,ढीको जोखिम कन्काई नदी आसपासमा रहेको छ। नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार पूर्वानुमानमा आधारित आपतकालीन बाढी पूर्वतयारी अन्तर्गत कन्काई जलाधारका चार पालिका कन्काई, झापा, शिवसताक्षी र गौरीगञ्जमा एक हजार ६६५ घरधुरी बाढीको उच्च जोखिममा छन् ।

बा,ढीबाट उच्च जोखिममा रहेका घरधुरीको डिजिटल रजिस्ट्रेसन गर्नका लागि शुक्रवार सो जलाधार क्षेत्रमा पर्ने चार वटै पालिकामा रेडक्रस झापाले समन्वय बैठक गरेको थियो । विगत दुई दिनदेखि लगातार वर्षा भइरहेको कारण नदीहरुमा पानीको बहाव बढ्न थालेको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताउनुभयो ।

उहाँले नगरको वडा नं. ४ को भेलामुनी र वडा नं. ५ को हात्तीसार क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेको जानकारी दिनुभयो । वडा नं. ६ को ढकालपुर, ७ को झारबारी, ९ को वैशाबाडी र १० को कन्काई पुल नजिक बाढीले क्षति पुरयाउन सक्ने आँकलन गरिएको उहाँको भनाइ छ ।

आज बिहानदेखि झापाका सबै क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ । ठूला नदी मात्र होइन, साना खोला र खोल्सामा समेत बा,ढी आउन थालिसकेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।