मल बनाउन कम्पोस्टबिन वितरण

ललितपुर, महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा मल बनाउनका लागि कम्पोस्टबिन अर्थात् फो,हर कुहिने भाँडा वितरण गरिएको छ । ‘स्वच्छ, सफा, सुन्दर–महालक्ष्मी नगर’ भन्ने नारालाई आत्मसाथ गर्दै वडाले सरसफाइलाई ध्यानमा राखी सो भाँडा वितरण गरेको हो ।

नगरपालिकाका अन्य वडाले विभिन्न कार्यक्रम अघि बढाउने क्रममा आफूहरूले भने स्वास्थ्य र सरसफाइलाई मध्यनजर गरी वडाभित्रका केही घरमा कुहिने फोहरबाट प्राङ्गरिक मल बन्न सहयोग होस् भनी ४२ बिन वितरण गरिएको वडाध्यक्ष वासुदेव महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो भाँडा हामीले वडामा कार्यारत कर्मचारी स्वस्थ्य स्वयंसेविका तथा सामुदायिक स्वास्थ्य केन्द्रका कर्मचारीलगायत केही व्यक्तिका निजी घरमा फोहर हाल्न दियौँ ।” वडाका सार्वजनिक स्थानमा सो तवरका भाँडा राख्दा झन् फोहर बढेको र त्यसको सफा सुघरमा खासै ध्यान गएको नदेखिएकाले व्यक्तिको घरमा राखेको भाँडा सफा हुनाका साथै मलसमेत उत्पादन हुँदा रु एक लाख खर्च गरी बिन बाँडेको महर्जनले जानकारी गराउनुभयो ।

“वडावासी ‘गोदावरी खोला सरसफाइ अभियान’ मा पनि जुट्दै आएकाले नजिकै रहेका कुला, नहर, पार्टीपौवा, मठमन्दिर आदि सफा र सुन्दर भइरहँदा किन प्रत्येक दिन भान्छाबाट निस्कने कुहिने फोहर पनि व्यवस्थापन नगर्नु भनी यसलाई अघि बढाएका हौैँ, उहाँले भन्नुभयो ।

नगपालिकामा रहेका कूल ४५ स्वास्थ्य स्वयंसेविकामध्ये सिद्धिपुरमा कार्यारत नौले उक्त भाँडा आ–आफ्ना घरमा राखी मल बनाउने अवसर पाएका जानकारी गराइएको छ । सो बिनको तल्लो भागबाट तयार भएको मल निकाल्न मिल्छ । रासायनिक मल प्रयोग गरिएका खाद्यान्नले मानिसको स्वास्थ्यमा असर गर्ने हुँदा सो मलको प्रयोग गरी फलेका अर्गानिक तरकारी अनि फलफूलले धेरै फाइदा पुग्ने महर्जनले दाबी गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।