सेतीका माछा जोगाउन जलचर समूह गठन

बझाङ, रैथाने माछा जोगाउन विभिन्न ठाउँमा जलचर समूह गठन गरिइएको छ । पानी परियोजनाले लकडाउनका समयमा स्थानीयवासीले जाल, पासा र करेन्ट छाडेर माछा मार्न थालेपछि यसलाई अन्त्य गर्न समूह गठन गरी जलचरलाई संरक्षण गर्ने थालिएको हो ।

तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिकाका आठवटा वडामा कार्यरत सो परियोजनाले पाँच समूह गठन गरी माछापालन व्यवसायका किसानलाई आकर्षण गरेको हो । परियोजनाका कार्यक्रम संयोजक शिवराज जोशीका अनुसार यसरी गठन भएका समूहमा जयपृथ्वी–३ को डुङ्ग्री र सिमलतोला, तलकोट गाउँपालिका र जयपृथ्वी –११ को बीचमा पर्ने सुनिगार्ड, जयपृथ्वी–७ कचाली खोलामा, जयपृथ्वी–५ को कोटेली र जयपृथ्वी–१० को चैनपुर र दमधुर रहेका छन् ।

उहाँले भन्नुभयो, “कोभिडका कारणले माछा मार्नेको सङ्ख्यामा वृद्धि भएको छ । यसले गर्दा रैथाने माछा लोप हुन थालेका छन् । यसलाई बचाइराख्न तथा कोभिड प्रभावित विपन्न परिवारका लागि राहत हुने भएकाले परियोजनाले माछापालनमा कृषकलाई आर्थिक सहयोग गरेको छ ।

एक पोखरीमा एक हजार २०० माछाका भुरा, प्रतिपोखरी २० केजीका दरले माछाको चारो, ८६ हजार बराबरको पोखरी, कुखुराको खोर निर्माणका लागि रु २६ हजार बराबरको सामान, रु ५०० का दरले ५० वटा कुखुराका चल्ला, रु दुई हजार बराबरको चारो ख्वाउने भाँडालगायत सामान जलचर संरक्षण समूहलाई सहयोग गरेको छ ।”

बाह्र वर्षदेखि भारतमा रोजगारी गर्दै आउनभएका जयपृथ्वी–७ कचालीखोला घर भएका तथा कचालीखोला जलचर संरक्षण समूहका अध्यक्ष दीपक चदाराले भन्नुभयो, “उपलब्धि केही भएको छैन । भारतमा कोरोनाले रोजगारी गुमेर घर आएको थिएँ । परियोजनाले जलचर संरक्षणको अभियान तथा परियोजनाले गरेका थुपै कार्यक्रममा बस्ने तथा सहभागी हुने मौका पाएको थिए ।

त्यसपछि परियोजनाले जलचर संरक्षणका लागि माछापालनका लागि परियोजनाले समूह गठन गरिदिएपछि हामीले परियोजनाको आर्थिक सहयोगमा पोखरी बनाएर माछापालन गरेका छाँै ।” उहाँले भन्नुभयो, “पहिलोपटक माछापालन गर्न लागेका छौँ ।

खै के हुने हो रु संस्थाले माछापालन गर्नका लागि समूह नबनाउनुभन्दा पहिला भारतबाट आएर तरकारी खेती गर्थे, उपलब्धि त केही भएको छैन । त्यही पनि संस्थाले माछापालन गर्नका लागि हाम्रो समूहलाई दिएको छ । घरआँगनमै काम गर्न पाउँदा खुशी लागेको छ । परियोजनाले एक हजार २०० माछाका भुराहरु राखेको पोखरीमा १०० भुरा जति मरिसकेका छन् ।”

परियोजनाले माछाका चारोको म्याद दुई महिना मात्र हुने भएकाले आगामी असोज महिनासम्मको चारोको पैसा बुझाइसकेकाले हाल समूहले आफँै गएर ल्याउने गरेको छ । माछापालन गर्नेहरुको प्रशंसा गर्दै जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले कचाली जलचर संरक्षण समूहलाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । अघिल्ला वर्षमा पनि केही ठाउँमा परीक्षणका लागि माछापालन गर्न नगरपालिकाले सहयोग गरेको भए पनि परीक्षण सफल नभएको उहाँले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।