बन्दीपुरको बजेट पारित संगै उत्कृष्ट सात कर्मचारी पुरस्कृत

दमौली, तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ५१ करोड ३४ लाख एक हजार ५०० को बजेट पारित गरेको छ ।

नवौँ गाउँसभाले आगामी वर्षका लागि प्रस्तुत बजेट पारित गरेको हो । यही असार १० गते शुरु भएको गाउँसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

गाउँपालिकालाई सङ्घ सरकारमार्फत वित्तीय समानीकरण अनुदान बापत रु नौ करोड चार लाख, सशर्त अनुदान बापत रु १८ करोड ७५ लाख, विशेष अनुदानबापत रु दुई करोड ४९ लाख, राजश्व बाँडफाँड बापत रु छ करोड ५४ लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारमार्फत वित्तीय समानीकरण अनुदान बापत रु एक करोड पाँच लाख ३१ हजार, राजश्व बाँडफाँड बापत रु ८९ लाख ३२ हजार, विशेष अनुदान बापत रु ५० लाख र समपुरक अनुदान बापत रु ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

उत्कृष्ट कर्मचारी पुरस्कृत

गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने सात कर्मचारीलाई पुरस्कृत गरेको छ । कर्मचारीलाई नगद रु १० हजारसहित पुरस्कृत गरेको हो ।

लेखा अधिकृत कृष्णप्रसाद बसौला, कृषि शाखा प्रमुख सुलभ अधिकारी, प्राविधिक अजयकुमार पण्डित, राजश्व र न्यायिक शाखाकी बन्दना लामा गुरुङ, सवारी चालक नारद पाटा मगर, कार्यालय सहयोगी रामेश्वर कुंवर र वडा नम्बर १ का सचिव कुमार लम्साललाई पुरस्कृत गरिएको गाउँपालिका उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उनीहरुलाई नगद रु १० हजार र प्रशंसापत्रले पुरस्कृत गरिएको उहाँले बताउनुभयो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।