उच्च अदालतका कर्मचारी मृ,तावस्थामा फेला
मङ्गलबारे, इलाममा एक महिला मृ,तावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत बिमलाकुमारी पराजुली मृ,तावस्थामा फेला परेकी हुन् ।
पराजुली आज बिहान अदालत परिसरभित्र मृ,तवस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोलुखुम्बु घर भएकी पराजुली कार्यालय सहयोगी पदमा काम गर्दै आएको बताइएको छ ।
पराजुलीको मृ,त्यु कसरी र के कारणले मृ,त्यु भयो भन्ने अझै पुष्टि हुन सकेको छैन । घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो ।
थप अनुसन्धानका लागि कुकुर मगाइएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।


