हेलम्बुका बा,ढी प्र,भावितलाई जस्तापाता सहयोग

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका बा,ढी प्रभावितलाई ८० बण्डल जस्ता सहयोग गरिएको छ । गत असार १ गते आएको मेलम्ची खोलाको बाढीबाट प्रभावित १६ घरधुरीलाई पाँच बण्डलका दरले अस्थायी बसोबासका लागि उक्त जस्ता पालिकालाई हस्तान्तरण गरिएको हो।

गाउँपालिकाको समन्वयमा टियर फण्ड नेपालको सहयोग र दयाका हात नेपालको साझेदारीमा उक्त सामग्री प्रदान गरिएको हो । आइतबार संस्थाका कार्यक्रम व्यवस्थापक लोकबहादुर चौधरी र प्रशासन तथा वित्तीय व्यवस्थापक अरुण देवानले उक्त सामग्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई हस्तान्तरण गर्नुभएको हो ।

जस्तापाता प्रभावित घरधुरीलाई अस्थायी बसोबासका लागि तत्कालै वितरण गरिने सिग्देलले बताउनुभयो । संस्थाले पालिकालाई पहिलो चरणको कोरोनादेखि हालसम्म खाद्यान्न, स्वास्थ्य सामग्री, रोजगारी सिर्जना, जस्तापाता गरेर रु २७ लाख ५० हजार सहयोग गरेको अनुगमन तथा मूल्याङ्कन अधिकृत अरुण सेञ्चुरीले जानकारी दिनुभयो ।

संस्थाले पालिकासँगको समन्वयमा लैङ्गिक तथा परिवार सबलीकरण परियोजनामार्फत वडा नं ३ र ७ का १३० घरधुरीलाई आर्थिक सशक्तीकरण र पालिकाभर लैङ्गिक हिंसाविरुद्ध जनचेतना र सहजीकरणको काम गरिरहेको छ ।

याङ्ग्रीका घरपरिवारलाई स्वच्छता सामग्री वितरण

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ याङ्ग्रीका ९० घरपरिवारलाई स्वच्छता सामग्री वितरण गरको छ । असार १ मा याङ्ग्री र लार्के खोलामा आएको बाढीबाट प्रभावित परिवारलाई आइतबार स्वच्छतासम्बन्धी सामग्री वितरण गरिएको हो।

पाँचपोखरी थाङ्पाल गाउँपालिकासँगको सहकार्यमा उक्त समुदायमा विपद्को समयमा स्वास्थ्यसम्बन्धी कुरालाई ध्यानमा राख्न अभिमुखीकरणसहित सामग्री हस्तान्तरण गरिएको संस्थाका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिनुभयो । समुदायमा धेरै खाद्यान्न उपलब्ध भएको तर महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर प्रदान गरिएको यो पहिलो सामग्री भएको स्थानीयवासी फूलमती तामाङले बताउनुभयो ।

विपद्को समयमा महिला तथा किशोरीका लागि यो धेरै उपयोगी हुने उहाँको भनाइ छ । स्टार्ट फण्डको सहयोग, केयर नेपाल, पिपुल इन निड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा बाढी पहिरो विपद् प्रतिकार्य कार्यक्रमअन्तर्गत उक्त समुदायलाई स्वच्छतासम्बन्धी मञ्जन, साबुन, मास्क, सेनिटरी प्याड, तौलिया, स्यानिटाइजर, काइँयोलगायत सामग्री उपलब्ध गराइएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।