पहिराले झोलङ्गे पुलमा क्षतिः जोखिमपूर्ण यात्रा गर्न बाध्यता

गोरखा, ५ साउन ,बा,ढीसँगै आएको प,हिरोले उत्तरी गोरखाको धार्चेगाउँपालिकास्थित झोलङ्गे पुलमा क्षति पु¥याएको छ ।

प,हिरोसँगै खसेको ठूलो रुखले धार्चेगाउँपालिका–५ को माछाखोला र वडा नं ३ को उहियाँ खोला जोड्ने झोलुङ्गे पुलको एकतर्फको लठ्ठा चुँडिएर क्षति भएको स्थानीयवासी प्रतापमान गुरुङले जानकारी दिनुभयो ।

आइतबार राति परेको अविरल वर्षापछि आएको बा,ढीका कारण खोला तर्फबाट खसेको पहिरोले पुलमा क्ष,ति पु¥याएको उहाँले बताउनुभयो । “माथि भिरबाट ठूलो रुख ढलेर पुलमा खसेका कारण पुलको एकातर्फको लठ्ठा चुँडिएको छ”, उहाँले भन्नुभयो, “तत्काल मर्मत सम्मार गर्न नसके यहाँका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था बनेको छ ।”

२०६० सालमा बिपीको सहयोगमा निर्माण भएको उक्त पुलमा क्ष,ति पुगेपछि उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाका नागरिकसँगै पर्यटकलाई समेत समस्या भएको उहीयाँ खोलाका स्थानीयवासी दिलबहादुर गुरुङले बताउनुभयो ।

जिल्लाको पर्यटकीय मार्गको रुपमा चिनिने मनास्लु पदमार्ग प्रवेश गर्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिएपछि अहिले जोखिम मोलेर आउजाउ गर्न बाध्य भएको उहाँको भनाइ छ । “माछा खोलामाथिको पुल उत्तरी गोरखाका सर्वसाधारण र पर्यटक आउजाउ गर्ने पुल हो”, उहाँले भन्नुभयो, “यो पुल नतरी उत्तरी क्षेत्र पुग्न सकिदैन, अहिले पुल तर्न ज्यानको जोखिम मोल्नुपर्ने बाध्यता छ ।”

दैनिक आवातजावत गर्न समस्या भएपछि स्थानीयवासी मिलेर पहिरोसँगै आएको रुख हटाएर पुलको एकतर्फको लठ्ठामा भुण्डिएर वारपार गर्न सक्ने बनाएको गुरुङले जानकारी दिनुभयो । जेठको अन्तिम सातादेखि परेको वर्षाका कारण पदमार्गसमेत अवरुद्ध भएपछि नेपाली सेनाले केही दिनअघि मात्र पदर्माग सफा गरेको थियो । तर फेरि पहिरोले पुलमा क्षति पु¥याएपछि समस्या भएको गुरुङको भनाइ छ ।

पुलमा क्षति पुगेसँगै खच्चडबाट सामान ढुवानीमा समस्या भएको स्थानीय व्यवसायी शर्मिला गुरुङले जानकारी दिनुभयो । खच्चडबाट सामान ढुवानी गर्नुपर्ने सो क्षेत्रमा ढुवानी गर्न सक्ने अवस्था नभएपछि दैनिक उपभोग्य वस्तुको अभाव हुनसक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।