३ दिनपछि किरिया खर्चसहित मजदुरको श,व आफन्तलाई जिम्मा

गलुङमा साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृ,त्यु भएका मजदुरको श,व ३ दिनपछि परिवारको जिम्मा लगाइएको छ ।

काजकिरिया खर्चसहित उनीहरूको शव परिवारको जिम्मा लगाइएको हो ।

परिवारलाई गलकोटको मल्ममा सञ्चालनमा रहेको बृहत् खानेपानी आयोजनाले काजकिरिया खर्च उपलब्ध गराएको हो ।

‘तत्कालका लागि किरिया खर्च दिने सहमति भयो,’ छलफलमा सहभागी चन्द्रबहादुर थापा ‘शिखर’ले भने, ‘राहत होइन तत्कालीन खर्च दिइएको हो, खानेपानी उपभोक्ता समितिले व्यहोर्ने गरी तत्काल स्थानीयवासीसँग भएको नगद उठाएर पठाएका छौं ।’

रोल्पाबाट शव बुझ्नका लागि बागलुङ आएका मृ,तक मजदुर परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएपछि शव परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

साउन ४ गते सोमवार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा, चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका ४ जनाको साउन ५ गते मंगलवार बिहान मृ,त्यु भएको थियो । २ जना गम्भीर बिरामी मजदुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृ,तकका परिवारलाई प्रतिमृतक १ लाख रुपैयाँका दरले काजकिरिया खर्च उपलब्ध गराइएको हो। मृ,तक चारै जनाको रोल्पामा सामूहिक दाहसंस्कार हुने भएको छ । परिवारका सदस्यले रोल्पामै दाहसंस्कार गर्ने निर्णय गरेको रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का वडाध्यक्ष नमराज थापाले बताए ।

श,व परीक्षणपछि भिसेरा र खाना तथा मदिरा विधि विज्ञान प्रयोगशाला पठाइएको छ । रिपोर्ट आएपछि राहत तथा कारवाहीको विषयमा थप छलफल हुने प्रहरीले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖