पिसाङ जोगाउन स्थानीयवासी अग्रस

मनाङ, १२ साउन ,अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका बासिन्दालाई जोगाउन स्थानीयवासी अग्रसर भएका छन् ।
नदी छेउछाउका घर बाढीले कटान गर्न थालेपछि बस्ती जोगाउने अभियान थालिएको स्थानीयवासी छिरिङ गुरुङले बताउनुभयो ।

“पिसाङको ठाडो खोलाले बालीनाली विनाश ग¥यो, सडक सञ्जाल पनि क्षतविक्षत पा¥यो, त्यसैले स्थानीयवासीको अग्रसरतामा ‘पिसाङ बचाउ अभियान’ शुरु गरेका हौं,” उहाँले भन्नुभयो ।

अभियानअन्तर्गत खोलामा आएको बाढीले क्षति पु¥याउनसक्ने स्थानमा ग्याबिन जाली लगाएर कटान रोक्ने प्रयास गरिएको छ । पिसाङ जोगाउन हरेक घरले रु १० हजार सङ्कलन गरेका र स्थानीयवासीको हातेमालोका लागि सांसद पोल्देन छोपाङ गुरुङले रु एक लाख २५ हजार सहयोग उपलब्ध गराउनुभएको छ ।

नदीका दुवैतर्फ बाढीले कटान गरेकामा करीब ६५० मिटर ग्याबिन जाली राखिसकिएको र थप कटान हुन नदिन अझै ग्याबिन जाली लगाउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष कान्छा घलेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीयवासीले आफ्नो गाउँलाई बचाउन अभियानमार्फत गरेको एकताले हरेक विपद्मा जुध्नसक्ने क्षमता बढ्ने रहेछ भन्ने देखिएको छ । ”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।