भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम

नयाँ दिल्ली,भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ४१६ जनाको मृ,त्यु भएको छ।

यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृ,त्यु हुने व्यक्तिको संख्या चार लाख २१ हजार ३८२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

गत २४ घण्टामा यहाँ ४२ हजार ३६३ जना व्यक्ति कोरोना मुक्त भएपछि कुल तीन करोड ६ लाख २१ हजार ४६९ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको यो सङ्ख्या ९७.३९ प्रतिशत हो ।

अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४४ करोड १९ लाख भन्दा बढी डोज खोप कोरोनाभाइरसविरुद्ध लगाइएको छ । त्यसैगरी देशभरी अहिलेसम्म ४५ करोड ९१ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖